उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट « Khabarhub

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताले आज भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे । 

मन्त्री भण्डारीले भने, ‘तपाईंहरु लगानी गर्नुस्, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरि पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ ।’

नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उनले चिनियाँ पुँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताए। 

‘लगानी गर्ने मनसायले नेपाल आउनुभएको छ, सरकारका तर्फबाट धन्यवादसहित म हार्दिक स्वागत गर्छु, प्रस्ताव ल्याउनुस् छलफल गर्छौँ, अनुकुल वातावरण मिलाउँछौं, ढुक्कले लगानी गर्नुस्, प्रतिफल तपाईँहरूले राम्रै पाउनुहुन्छ ।’

नेपालमा विदेशी लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरे। 

सो क्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले नेपाल र चीनबीच सदियौँदेखिको व्यापार सम्बन्ध रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्ने मनसायले आएकामा चिनियाँ टोलीसँग खुसी व्यक्त गरे ।

उनले भने, ‘सरकारले नेपालमा लगानीका लागि नीतिगत सुधार गर्दै लगेको छ, नेपालमा खानी, ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ, लगानीको सम्भावना सुनिश्चित छ ।’ चिनियाँ टोलीमा चीनका कृषि, ऊर्जा, पर्यटन, खानी, निर्माणसम्बन्धी कम्पनीलगायतका उद्योगी तथा व्यवसायी सहभागी थिए । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : १६ बजे

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु