सभामुख घिमिरे र ओलीबीच टेलिफोन वार्ता  | Khabarhub Khabarhub

सभामुख घिमिरे र ओलीबीच टेलिफोन वार्ता 


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । 

सभामुख घिमिरेले आज अपरान्ह अध्यक्ष ओलीसँग पनि टेलिफोन संवाद गरेका हुन् । पछिल्लो समय संसद्को अवरोध खोल्ने सभामुख घिमिरे लागिपरेका छन् ।  

 सो वार्तामा सभामुखले संसद् अवरोध अन्त्य गर्न र भोलि हुने नीति तथा कार्यक्रम सौहार्द्रपूर्ण बनाउन आग्रह गरेका थिए । 

एमाले अध्यक्ष ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताएको स्रोतले जनाएको छ ।

यसअघि सभामुख घिमिरेले  विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज छलफल गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : २४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका