ओली र प्रचण्डसँग वार्तापछि रविको प्रतिक्रिया : कांग्रेसले मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो « Khabarhub

ओली र प्रचण्डसँग वार्तापछि रविको प्रतिक्रिया : कांग्रेसले मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी जस्तो गम्भीर आरोप लागिसकेपछि आफूले एक पटक संसद्‍बाट जवाफ दिन पाउनुपर्ने अडान दोहोर्‍याएका छन् ।

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानले अडान नछाड्ने बताएका हुन् ।

‘आरोप लागिसकेपछि एक पटक मैले संसद्‍मा बोल्न पाउनु त पर्‍यो । कांग्रेसले मविरुद्ध प्रमाण छ भनेकाले बोल्न त पाउनुपर्‍यो भनेको हुँ । त्यो प्रमाण बाटोमा या घरमा राखिदिए पनि हुन्छ तर मैले एक पटक बोल्न पाऊँ भनेर प्रधानमन्त्रीसँग कुरा राखेँ’, उनले भने, ‘आफ्नाबारे उठेका कुराबारे संसद्मा बोल्न पाउनुपर्छ भनेँ । त्यसपछि संसदीय समिति बनाउँदा पनि केही छैन ।’

उनले सोमबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासहित सभामुख देवराज घिमिरेसँगको संवादमा पनि आफूले त्यही कुरा राखेको बताए ।

‘एक पटक हातखुट्टा खोलिदिएर कुरा सुन्न त दिनुस् भनेको हुँ । आरोप लगाएको मान्छेलाई बोल्ने मौका त दिनुपर्‍यो नि! फौजदारी आरोप लगाएपछि जवाफ दिन त पाउनुपर्छ’, उनले भने, ‘पहिला त मेरो कुरा सुन्नुपर्‍यो। बोल्न दिएपछि छानबिन समिति बनाउँदा हुन्छ । कांग्रेसको माग न्यायसंगत भएन । मथिका आरोपबारे जवाफ दिएपछि उहाँहरूलाई चित्त नबुझे समिति बनाऊँ ।’

उनले दलका नेताहरूसँगको छलफलमा आफ्नाबारे उठेका कुरामा जवाफ दिएपछि विकल्पमा जाऊँ भनेको दोहोर्‍याए ।

‘मूल कुरा ममाथि केही महिनादेखि निरन्तर प्रहार भइरहँदा बोल्न पाउनुपर्छ भनेको हुँ । एक पटक कुरा सुन्न सक्ने हिम्मत र धैर्य कांग्रेसमा छैन र ? कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी विचारलाई निषेध गर्न मिल्छ र ? कांग्रेसले बोल्न नदिएर मेरो मुख टालिदियो, हातखुट्टा बाँधिदियो ।’

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ३२ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले