अस्पतालमा जनशक्ति थप गर्ने नवनियुक्त मन्त्री यादवको निर्णय « Khabarhub

अस्पतालमा जनशक्ति थप गर्ने नवनियुक्त मन्त्री यादवको निर्णय


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।

सोमबार पदभार ग्रहण गरे लगत्तै मन्त्री यादवले पहिलो निर्णयका रुपमा ठूला सरकारी अस्पतालहरूमा जनशक्ति थप गर्ने सम्बन्धी फाइलमा हस्ताक्षर गरेका हुन् । जनशक्ति थप गर्दा बिरामीको बढी भिड हुने अस्पताललाई बढी प्राथामिकता दिइने यादवले बताए

उक्त निर्णय अनुसार पहिलो चरणमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जनशक्ति थप गरिने छ ।

त्यस्तै भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, राष्ट्रिय क्षयरोग केन्द्र लगायतका अपस्तालमा कर्मचारी थप गरिने छ ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ९ : ३८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी