दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल | Khabarhub Khabarhub

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानीअनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताएका छन् ।

कर्णाली कार्यक्षेत्र भएका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग आज भएको छलफलमा मुख्यमन्त्री कँडेलले अन्तर्राष्ट्रिय विकास साझेदारले कर्णालीलाई उच्च प्राथमिकतामा राखे पनि आशातीत सफलता हासिल गर्न नसकेको बताएका हुन् ।

उनले भने, “हाम्रा सहयोगी दातृ निकायहरुको सहयोगअनुसार जति परिवर्तनको महसुस गर्नुपर्ने हो, कर्णालीका नागरिकले परिवर्तनको महसुस गर्न सकेको छैन ।”

अवसरको खोजीमा कर्णालीका गाउँहरु रित्तिँदै गएको अवस्थाप्रति चिन्ता प्रकट गर्दै मुख्यमन्त्री कँडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीका लागि विदेशिने परिस्थिति अन्त्य गर्नुपर्नेमा जोड दिए ।

जनताको जीवनस्तर उकास्न सरकारको मात्र प्रयासले सम्भव नहुने उनको भनाइ थियो । मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कर्णालीमा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकीकृत रुपमा लैजान सके उपलब्धि हासिल हुने बताए । उनले आजै सुर्खेतस्थित सङ्घीय कार्यालयका प्रमुखसँग छलफल गरी कर्णाली प्रदेशमा भइरहेका कामका बारेमा जानकारी लिएका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ३६ बजे

आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार प्रधान

द काउन्सिल अफ जेन-जीले तोक्यो झापा बाहेक कोशीमा संयोजक

काठमाडौं– द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरूमा संगठन विस्तार

जेलेन्स्कीलाई भ्रष्टाचारविरुद्ध ‘ऊर्जावान्’ कदम चाल्न मर्जको आग्रह

बर्लिन– युक्रेनले भ्रष्टाचारविरुद्ध लड्न अझ धेरै काम गर्ने अपेक्षा जर्मनीले

राष्ट्रियसभाका सदस्यहरू अध्यागमन विभागको अनुगमनमा

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले बिहीबार अध्यागमन विभागको वस्तुगतस्थिति अनुगमन गर्न विभागको

मैले हर्कलाई छोडेको होइन, बेवास्ता गरेपछि कुलमानसँग जोडिएँ : डकेन्द्रसिंह थेगिम (अन्तर्वार्ता)

काठमाडौं- डकेन्द्रसिंह थेगिम शिक्षण पेशाबाट अवकाशपछि २०८१ वैशाख १५ गतेको