सप्तरीका अग्निपीडितलाई नगद सहयोग « Khabarhub

सप्तरीका अग्निपीडितलाई नगद सहयोग


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा गाउँपालिका–१ चिम्टीका आगलागी पीडित परिवारलाई रु सात लाख ८५ हजार नगद सहयोग वितरण गरेको छ ।

समितिले पीडित परिवारका पाँच जनासम्मलाई रु १५ हजार र सोभन्दा बढी सदस्य रहेका परिवारलाई २० हजारका नगद वितरण गरिएको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

आगलागी पीडित १९ परिवारलाई २० हजार र २७ परिवारलाई १५ हजारको दरले सात लाख ८५ हजार नगद राहत वितरण गरिएको उनले जानकारी दिए । विसं २०८१ वैशाख १८ गते आगलागी हुँदा ४६ घर परिवारको घर जलेर स्वाह भएको समितिले जनाएको छ ।

आगलागी पीडितको नागरिकता, घरयकिन र मतदाता विवरणलगायत तथ्यगत विवरण सङ्कलनमा केही समय लागेकोले नगद राहत वितरण केही ढिलो भएको प्रजिअ थापाले बताए ।

राहत वितरण कार्यक्रम महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डल, प्रमुख सेनानी रमेश पाण्डे, प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्य, सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंह र राष्ट्रिय अनुसन्धान सप्तरी प्रमुख सुरेन्द्र कोइराला, वडाध्यक्ष जयकिशोर दास र वार्ड सदस्य कमल पर्सेया, सप्तरी युथका कावा अध्यक्ष मोहन यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १० : ४३ बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का