आज २०८१ साल जेठ ३१ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ ३१ गते बिहीबारको राशिफल


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ ३१ गते बिहीबार तदनुसार सन् २०२४ जुन १३ तारिख। जेठ शुक्ल पक्षको सप्तमी तिथि। कुमार रथयात्रा। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : सोचेको काम बन्नेछ। तपाईंको चर्चा हुनेछ। परिवारमा सन्तुष्टि मिल्नेछ। परोपकारको अवसर प्राप्त हुनेछ। यात्राले नयाँनयाँ कुरा सिक्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ।

वृष : प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त हुनेछ। सोचेर गरेको श्रमबाट फाइदा हुन्छ। व्यापारमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। खानपानमा ख्याल नगरेमा रोगले सताउने देखिन्छ।

मिथुन : मन खुशी हुनेछ। साथीको सहयोगले काम बन्नेछ। सहयोगीको धन्यवाद मिल्नेछ। परिवारसँगको समय महत्त्वपूर्ण हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवा गर्नाले मन शान्त हुनेछ।

कर्कट : परिवारमा मेलमिलाप हुन नसक्दा खटपटी बढ्नेछ। सञ्चित धन खर्च हुने योग छ। राजनीतिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास भने असफल हुने देखिन्छ।

सिंह : दिन रमाइलो छ। शिक्षामा सफलता मिल्नेछ। व्यापारिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परोपकारमा मन जानेछ। परिवारसँगको घुमघामले दिन रमाइलो हुनेछ।

कन्या : परिवारसँग सल्लाह लिएर गरेको काम सफल हुनेछ। नयाँ व्यक्तिसँग भेट हुनेछ। धार्मिक कार्यमा संलग्न मात्र भएमा मन खुशी बन्नेछ। परिवारले तपाईंको कुरा बुझ्न नसक्दा घरभित्र समस्या हुनसक्ने जोखिम देखिन्छ।

तुला : प्रतिस्पर्धामा तपाईं अब्बल बन्नुहुनेछ। लगानी भए शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। परिवारको सहयोग राम्रो हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा दिन रमाइलो बन्नेछ।

वृश्चिक : मन अशान्त हुने योग छ। लगानीमध्ये जग्गाको कारोबारबाट फाइदा हुनेछ। धेरै समस्या एकसाथ आइपुग्ने भएकाले सचेत र धैर्य हुनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा हौसला बढ्नेछ।

धनु : विश्वास गरेका पात्रले साथ दिने दिन छ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले तपाईंलाई उत्साह थप्नेछ। अधुरो काम बन्नेछ। लगानीका लागि हिम्मत गर्नुपर्ने देखिन्छ।

मकर : सानो मानिसको सहयोग ठुलो बन्नेछ। गुरुबाट उचित सल्लाह प्राप्त नहुँदा मनमा खटपटी बढ्नेछ। वैदेशिक लगानीमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। अहिले ठुलो लगानी गर्दै नगर्नु उचित हुन्छ।

कुम्भ : मन उदास बन्नेछ। व्यवारहारमा झन्झट बढ्नेछ। आफन्तले गलत सुझाव दिने देखिन्छ। धार्मिक कार्यमा संलग्न हुँदा मन खुशी हुनेछ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : मन अशान्त हुनेछ। झुटा आरोपको सामना गर्नुपर्ने दिन छ। नसोचेको ठाउँमा खर्च हुनेछ। ठुला र बौद्धिक व्यक्तिको सल्लाह अनुसार अगाडि बढ्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ५ : ०५ बजे

प्रजातन्त्र दिवसले दिगो शान्ति र सुशासनमा प्रेरणा देओस् : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो

एआई साझा हितका लागि : भारतीय प्रधानमन्त्री मोदी

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केही शक्तिशाली

गणतन्त्रसम्म यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो

एनआरएनए अध्यक्षका उम्मेदवार शेरचन विश्व दौडाहामा

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औँ महाधिवेशनको संघारमा