घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग « Khabarhub

घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दुख दिएको आरोप लगाउदै घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले टोली घर घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरि व्यवस्था गर्न समेत माग गरेका छन् ।

उनले भनेका छन्- राष्ट्रिय परिचयपत्र अथवा पञ्जिकरण विभागले  आगामी वर्षका लागि सामाजिक सुरक्षाको भत्ताका लागि नवीकरणका सर्कुलर पठाएको छ । त्यसमा दुईवटा नयाँ शर्तहरू थपेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र साउनमा बायोमेट्रिक दुवै गरिनुपर्छ भनेको छ । आज देशभरका वडा कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरूमा अपांगता, बिरामी ८०- ९०- १०० वर्षका ज्येष्ठ नागरिकहरूका सन्तानले विभिन्न विधि अपनाएर यी तीनै कार्यालयमा जेष्ठ नागरिकलाई पुर्‍याइरहेका छन् । त्यहाँ ठूलो चाँप छ ।’

नेता पोखरेले हरेक घरघरमा  टोली पठाएर  ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘परिचयपत्रको व्यवस्थापन गरेर ,घरमा बायोमेट्रिक गराएर, अर्को वर्षदेखि लागू हुनेगरि यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १२ : ५२ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ