घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग « Khabarhub

घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले सांसद ऋषिकेश पोखरेलले ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई सरकारले दुख दिएको आरोप लगाउदै घरमै बायोमेट्रिक गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पोखरेलले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएपछि ज्येष्ठ नागरिकहरूले बायोमेट्रिक गर्न सास्ती खोप्नु परेको भन्दै दुख नदिन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले टोली घर घरमै खटाउने व्यवस्था मिलाएर अर्को वर्षदेखि नयाँ नियम लागू हुनेगरि व्यवस्था गर्न समेत माग गरेका छन् ।

उनले भनेका छन्- राष्ट्रिय परिचयपत्र अथवा पञ्जिकरण विभागले  आगामी वर्षका लागि सामाजिक सुरक्षाको भत्ताका लागि नवीकरणका सर्कुलर पठाएको छ । त्यसमा दुईवटा नयाँ शर्तहरू थपेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र साउनमा बायोमेट्रिक दुवै गरिनुपर्छ भनेको छ । आज देशभरका वडा कार्यालयहरू, इलाका प्रशासन कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरूमा अपांगता, बिरामी ८०- ९०- १०० वर्षका ज्येष्ठ नागरिकहरूका सन्तानले विभिन्न विधि अपनाएर यी तीनै कार्यालयमा जेष्ठ नागरिकलाई पुर्‍याइरहेका छन् । त्यहाँ ठूलो चाँप छ ।’

नेता पोखरेले हरेक घरघरमा  टोली पठाएर  ज्येष्ठ नागरिकहरूलाई राष्ट्रिय परिचय पत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘परिचयपत्रको व्यवस्थापन गरेर ,घरमा बायोमेट्रिक गराएर, अर्को वर्षदेखि लागू हुनेगरि यो वर्ष यी प्रक्रियालाई रोक्न सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १२ : ५२ बजे

धवलागिरिको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको

सिमसारकी अप्सरा : जलअप्सरा (तस्बिरहरू)

सुनसरी– हेर्दा आकर्षक, लामो पुच्छर । पानीमा तैरिएका पातहरूमा हिँड्ने

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको