बढुवा भएका चार एसएसपीको कार्यक्षेत्र तोकियो « Khabarhub

बढुवा भएका चार एसएसपीको कार्यक्षेत्र तोकियो


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बढुवा भएका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बिहीबार बढुवा भएका एसएसपीहरू श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तीराज गुरुङले दर्ज्यानी चिन्हसँगै जिम्मेवारी पनि पाएका हुन्।

अधिकारीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा र रेग्मीको गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको जिम्मेवारी पाएका छन् ।

त्यस्तै दाहालको कोसी प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र गुरुङको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : ४३ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी