आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली | Khabarhub Khabarhub

आगामी निर्वाचनमा एमाले कसैसँग मोर्चाबन्दी गर्दैन : ओली


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेले एक्लै लडेर बहुमत ल्याउने दाबी गरेका छन् ।

आज भक्तपुरमा आयोजित एमालेको नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रममा उनले आगामी निर्वाचनमा एमालेले कोहीसँग पनि मोर्चाबन्दी नगर्ने स्पष्ट पारे ।

एमालेसँग वैचारिक सङ्घर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताउँदै पूर्वप्रधानमन्त्री रहेका एमाले अध्यक्ष ओलीले चुुनावमा एक्लै जान आँट नहुनेहरुले मोर्चाबन्दी गर्ने गरेको आरोप लगाए ।

उनले आगामी निर्वाचनमा एमालेले कोहीसँग मोर्चाबन्दी नगरी एक्लै चुनावमा गएर बहुमत ल्याउने दाबी गरे । एमाले देशको निर्णायक शक्ति बन्न खोजेकाले त्यसो हुन नदिन चाहनेले एमालेविरुद्ध मित्थ्या आरोप लगाउने गरेको दाबी गरे ।

अध्यक्ष ओलीले एमाले एक्लैले बहुमत ल्याउनेगरी मिसन–८४ को अभियानमा होमिएको भन्दै आफ्नो शक्तिमा बहुमत बनाउने, एकल बहुमत ल्याएर अरूलाई पनि औलामा डो-याएर हिँड्ने र हातेमालो गरेर देशको विकासमा लम्किने बताए ।

अध्यक्ष ओलीले अध्यक्ष ओलीले फाटो ल्याउने, विभाजन र गुटबन्दी गर्नेलाई पार्टीभित्र ठाउँ नभएको बताए । उनले पार्टीभित्र आन्तरिक सङ्घर्ष गरेर नभई एकताबद्ध भएर मिसन–८४ सफल पार्न निर्वाचितहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : ५७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका