काठमाडौं । नेपाल प्रहरीका तीन जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । बिहीबार प्रहरी महानिरीक्षकको निर्णयअनुसार प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार धनुषास्थित मधेश प्रदेश प्रहरी गणमा कार्यरत हरिहरनाथ योगीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा काज सरुवा गरिएको छ ।
त्यस्तै पश्चिम नवलपरासीमा ज्ञानेन्द्र प्रसाद फुयाललाई पठाइएको छ । त्यहाँ कार्यरत काजीकुमार आचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यलयमा काज सरुवा गरिएको छ ।
प्रतिक्रिया