युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना « Khabarhub

युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी – केही गाजावासीले इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएकामा हमासको आलोचना गरेका छन् । घेराबन्दी र सङ्घर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले गाजावासीको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ ।

‘हमासले प्यालेस्टिनी जनताको विनाशको युद्धमा नेतृत्व गरेको छ’, हमास नेतृत्वको प्यालेस्टिनी लडाकूहरू र इजराइलबीचको आठ महिनाभन्दा लामो युद्धका क्रममा दुई पटक विस्थापित भएका ६७ वर्षीय उम्म अलाले भने, ‘हमासका नेताहरूले यो युद्धलाई अन्त्य गर्न र प्यालेस्टिनी जनताको पीडा समाप्त गर्न चासो राखेका भए उनीहरू सम्झौतामा सहमत हुने थिए ।’

उनी दक्षिणी गाजापट्टीको प्रमुख सहर खान युनिसमा शरणको खोजीमा छन्। नयाँ युद्धविराममा पुग्न भएको ढिलाइका लागि हमास जिम्मेबार छ भनी एएफपीले गाजावासीहरूलाई सोधेको थियो ।

नोभेम्बरमा एक साताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका छन् । नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजराइली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो ।

मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध समाप्त गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने कोसिसमा इजराइल र हमाससँग वार्तामा संलग्न छन् ।

यद्यपि सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि भय र प्रतिबन्धको वातावरणमा बसेका केही गाजावासी युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मान्छन् ।

उत्तरी गाजामा बस्ने ५५ वर्षीय अबु इयादले भने, ‘हमासले हामीलाई हाम्रो पीडा र जीवनको विनाशको उपहास गरेको छ ।’ उनका तीन छोराछोरी अलग अलग स्थानमा आफन्तसँग बसेका छन् ।

उनले कतारले आयोजना गरेको हमासको राजनीतिक नेतृत्वमाथि निशाना बनाउँदै भने, ‘उनीहरू सुतिरहेका छन्, खाइपिई गरिरहेका छन् ।’

वासिङ्टन हाल सम्झौताका लागि नयाँ प्रयासमा लागेको छ । यसको रूपरेखा स्वयं राष्ट्रपति जो बाइडेनले मे ३१ मा दिएका थिए तर अहिलेसम्म युद्धरत दुवै पक्षबाट सम्झौता सुरक्षित गर्न बाँकी छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  १० : ०४ बजे

केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक

जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ- गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

विराटनगरविरुद्ध बिनोदको अर्धशकमा सुदूरपश्चिम फाइनलमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार सम्पन्न

‘अख्तियार जस्तो निकाय अनावश्यक ‘पपुलिजम’को पछाडि लाग्नु हुँदैन’

काठमाडौं– जेन-जी आन्दोलनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग एकाएक सक्रिय भएको

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले