२२ वर्षीय युवाको उद्यमशील यात्रा « Khabarhub

२२ वर्षीय युवाको उद्यमशील यात्रा


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

पाल्पा – देशमा केही हुँदैन भनेर लाखौं रकम दलाललाई खुवाउँदै खाडी मुलुक पुग्ने आम नेपाली युवाका लागि पाल्पा तानसेनका २२ वर्षीय आयुष सुवेदीको कथा प्रेरणादायी बन्नसक्छ।

उनले १८ वर्षको उमेरमा व्यावसायिक यात्रा सुरु गरेका हुन्। व्यवसाय व्यवस्थापनमा स्नातक अध्ययनरत आयुषको शैक्षिक र व्यावसायिक यात्रा निकै रोचक छ। उनका बुवा चिकित्सक हुन्। बुवाको चाहना छोरालाई डाक्टर बनाउने नै थियो। तर आयुषको सोच किशोर अवस्थामै व्यवसायतर्फ मोडियो।

‘मैले बुवाको सपना अनुसार नै डाक्टर पढ्न ‘प्लस टू’सम्म काठमाडौंमा अध्ययन गरे’, आयुष सम्झन्छन्, ‘तर कोभिड-१९ को समयमा मैले परिवारसँग व्यवसाय गर्ने प्रस्ताव राखेँ।’

अध्ययनमा लाग्ने खर्च व्यवसायमा लगानी गर्ने र त्यसैबाट मुनाफा कमाउने उनको योजना थियो।

परिवारको समर्थनमा, आयुषले एक करोड लगानीमा तिलोत्तमा नगरपालिका ९, रुपन्देहीको शंकरापुरमा मदानी होटल सुरु गरे। नेपालकै राम्रो नगरपालिका मानिने तिलोत्तमा नगरपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत शंकरापुरमा उनको होटल छ। होटलमा स्वीट, डिलक्स, सामान्य गरेर १६ वटा कोठा छन्। मिटिङ हल, ब्यांक्वेट, बार र रेस्टुरेन्ट छन्। राजमार्गमै रहेकोले लामो यात्राका यात्री र भारतीय पर्यटक उनका मुख्य ग्राहक हुन्।

आयुषले सुरुवाती चरणमा हिसाब–किताबदेखि व्यवस्थापनसम्म सबै काम आफैं गरे। उनले प्रशासनिक झन्झटदेखि होटलमा चोरी भएको र उधारो खाएर पैसा नउठेको समस्या पनि भोग्नुपर्यो।

अहिले उनको होटलले २० जनालाई प्रत्यक्ष र मौसमी आधारमा थप १०–१२ जनालाई रोजगारी दिएको छ। भर्खरै उनले थप एक करोड लगानी गरेर नयाँ संरचना निर्माण गरेका छन्। होटलको कुल लगानी अहिले दुई करोड पुगेको छ।

‘मेरो लक्ष्य होटललाई एउटा राष्ट्रिय ब्रान्डको रूपमा स्थापित गर्नु र देशभर शाखा विस्तार गर्नु हो,’ आयुष आफ्नो योजना सुनाउँदै भन्छन्।

उनको अनुभवले नेपालका अन्य युवालाई पनि आफ्नो सपना पछ्याउन र उद्यमशीलताको बाटोमा अघि बढ्न प्रेरणा दिनेछ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ७ : १९ बजे

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा