मातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु | Khabarhub Khabarhub

मातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई  एकीकृत कारोबार सुरु भएको छ ।

दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत  बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पश्चात् मातृभूमि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभरि २३६ ओटा शाखा रहेका उक्त लघु वित्तको सदस्य सङ्ख्या २ लाख १६ हजार, ऋणी सङ्ख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब पुग्ने छ।

‘आगामी दिनहरूमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण बस्तीहरूमा आफ्नो उपस्थिति जनाउने छ।  मातृभूमि लघुवित्तलाई  नेपालको एक सबल, सक्षम र अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने हामी प्रतिबद्ध छौं’ संस्थाका अध्यक्ष लोकराज शर्माले भने।  

शाखा मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहा ४ मा रहने छ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : ०७ बजे

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा