मातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु « Khabarhub

मातृभूमि लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड लघुवित्त एक आपसमा मर्ज भई  एकीकृत कारोबार सुरु भएको छ ।

दुई लघुवित्त एक आपसमा मर्ज भए पछि गत  बिहीबारबाट एकीकृत कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंकले दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । दुवै संस्था मर्ज भएपछि ‘मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सुरु गरिएको संस्थाले जनाएको छ । यी दुई कम्पनीले गत चैत १८ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पश्चात् मातृभूमि लघुवित्तको चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । नेपालभरि २३६ ओटा शाखा रहेका उक्त लघु वित्तको सदस्य सङ्ख्या २ लाख १६ हजार, ऋणी सङ्ख्या ८२ हजार, लगानीमा रहेको कर्जा ११ अर्ब ८२ करोड तथा बचत परिचालन ४ अर्ब पुग्ने छ।

‘आगामी दिनहरूमा संस्थाले सेवाग्राहीको सेवालाई थप ग्राहकमैत्री बनाउँदै दूरदराजमा रहेका ग्रामीण बस्तीहरूमा आफ्नो उपस्थिति जनाउने छ।  मातृभूमि लघुवित्तलाई  नेपालको एक सबल, सक्षम र अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित गर्ने हामी प्रतिबद्ध छौं’ संस्थाका अध्यक्ष लोकराज शर्माले भने।  

शाखा मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय कैलालीको लम्कीचुहा ४ मा रहने छ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  २ : ०७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन