मधेश प्रदेशमा ६६ स्थानीय तहको बजेट अन्योलमै | Khabarhub Khabarhub

मधेश प्रदेशमा ६६ स्थानीय तहको बजेट अन्योलमै


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरूले असार १० गतेभित्र नगरसभा–गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । असार १० गते सभामा पेश गरेको बजेट १५ दिनभित्र अर्थात् असार २५ गतेभित्र पारित गरिसक्नुपर्ने हुन्छ ।

तर, मधेश प्रदेशको १३६ वटा स्थानीय तहमध्ये ४८.५ प्रतिशत अर्थात् ६६ वटा पालिकाले असार बित्न लाग्दा समेत बजेट ल्याउन सकेका छैनन् । प्रदेशका ७० वटा स्थानीय तहले बजेट ल्याइसकेको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

जनप्रतिनिधिहरूबीच आपसी विवाद लगायतका कारणले केही पालिकाले बजेट ल्याउन नसकेका हुन् । केहीमा भने कर्मचारीहरूको मनपरी र अटेरीले गर्दा पनि बजेट प्रभावित भएको देखिन्छ ।

केही स्थानीय तहको बजेट समयमै आइसके पनि प्रमुख प्रशासकीय अधिकृत र सूचना प्रविधि अधिकृतको बदमासीले पनि विवरण अद्यावधिक नभएको देखिन्छ ।

सभाबाट बजेट आइसके पनि उनीहरूले नगरपालिकाको आधिकारिक वेबसाइट तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट नगर्दा बजेट नआएको जस्तो सन्देश प्रवाह भइरहेको छ ।

मन्त्रालय र पालिकाको आधिकारिक वेबसाइटमा बजेट पारित भएको विवरण अनिवार्य राख्नुपर्ने भएपनि कर्मचारीहरुकोे अटेरीले ती कुरा प्रविष्ट नगर्दा बजेट नआएको जस्तो सन्देश प्रवाह भइरहेको छ ।

धनुषाका ६ स्थानीय तहले ल्याउन सकेनन् बजेट
धनुषाका १८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले बजेट ल्याउन सकेनन् । धनुषाका १२ वटा स्थानीय तहले मात्र आफ्नो बजेट ल्याउन सकेको छ ।

प्रमुख- उपप्रमुख तथा अन्य जनप्रतिनिधिबीचको विवादको कारण धनुषाका छ पालिकाले समयमा बजेट ल्याउन सकेनन् । धनुषाका १ उपमहानगरपालिका ३ वटा नगरपालिका र २ वटा गाउँपालिकाले असार बित्नलाग्दा सम्ममा नगरसभा गर्न सकेका छैनन् ।

जिल्लाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र कमला नगरपालिकाले समयभित्र आफ्नो बजेट ल्याउन सकेनन् । त्यस्तै, जनकनन्दिनी र औरही गाउँपालिकाले समेत आफ्नो बजेट ल्याउन सकेको छैन ।

क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख सुखदेव यादवले पालिका भित्र रहेको राजनीतिक विवादका कारण अहिलेसम्म नगर सभा हुन नसकेको बताउँछन । उनले राजनीतिक विवादलाई साम्य पारेर चाँडै नै नगरसभा बोलाएर बजेट ल्याउने बताए ।

यता कमला नगरपालिकाका प्रमुख विश्वेश्वर यादवले नगर सभा भएर बजेट आइसकेको र केही प्राविधिक कारणले बजेट अपलोड नगरिएको भन्दै उम्किए।

सिरहाको ६ स्थानीय तहले मात्रै ल्याए बजेट
१७ स्थानीय तह रहेको सिरहाका ६ वटा स्थानीय तहले मात्र समयमै बजेट प्रस्तुत गरेका छन् । समयमै बजेट प्रस्तुत गर्ने स्थानीय तहहरु ३ नगरपालिका र ३ गाउँपालिका छन् ।

जिल्लाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सिरहा नगरपालिका, अर्नमा गाउँपालिका, सनरहा गाउँपालिका, सखुवानान्कारकट्टी गाउँपालिकाले समयमै बजेट ल्याएको छ । 

११ स्थानीय तहको नगर तथा गाउँसभा भने अझै अन्योलमा छ। कल्याणपुर नगरपालिका, गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, सुखीपुर नगरपालिका, औरही गाउँपालिका, कर्जन्हा नगरपालिका, नवराजपुर गाउँपालिका, बरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र विष्णुपुर गाउँपालिकाले बजेट ल्याउन नसकेको सम्बन्धित पालिकाका प्रतिनिधिले जानकारी दिए ।

पर्साका १२ स्थानीय तहले ल्याएनन् बजेट
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि पर्साको १४ मध्ये १२ पालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेको छैन भने २ वटा स्थानीय तहले मात्रै बजेट ल्याउन सकेको छ ।

जिल्लाको पर्सागढी नगरपालिका र छिपहरमाइ गाउँपालिकाको बजेट मात्रै सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको वेबसाइटमा प्रविष्ट भएको छ ।

जिल्लाको वीरगञ्‍ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनााथपुर गाउँपालिका, धोबिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, बहुदरमाइ नगरपालिका, बिन्दवासिनी गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, ठोरी गाउँपालिका, कालिकामाइ गाउँपालिका र जिराभवानी गाउँपालिकाले समयमा बजेट ल्याउन सकेको छैन । 

धोबिनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानले राजनीतिक विवादकै कारण बजेट नआएको बताउदैन खबरहबसँग भने ‘हामीले अहिलेसम्म धोबिनी गाउँपालिकाको गाउँसभा गरेका छैनौँ । बजेटमा सहमति जुटाउन राजनीतिक छलफल गरिरहेका छौँ । सहमति बनेपछि मात्रै नीतितथाकार्यक्रम प्रस्तुत गरेर बजेट पास गर्ने तयारीमा छौँ ।’

बाराका ५ पालिकाले ल्याएनन् बजेट
बाराका ५ स्थानीय तहले पनि आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । १६ स्थानीय तह रहेको बाराका ११ स्थानीय तहले मात्र नगरसभा सम्पन्न गरेका हुन् ।

आन्तरिक तयारी पूरा नगरेको भन्दै बाराको सिम्रौनगढ नगरपालिकाले पनि बजेट ल्याउन सकेन । त्यसैगरी, आदर्श कोतवाल गाउँपालिका नगरपालिका, सुवर्णपुर गाउँपालिका, विश्रामपुर गाउँपालिकाले समेत नगरसभा सम्पन्न गर्न सकेनन् ।

सप्तरीका ८ पालिकाले ल्याएनन् बजेट
१८ वटा स्थानीय तहहरूले सप्तरीमा १० वटा स्थानीय तहले बजेट ल्याइसकेको छ भने ८ वटा स्थानीय तहले अझै बजेट ल्याउन सकेको छैन ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका, राजविराज नगरपालिका, बोदेबर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, रूपनी गाउँपालिका, र बलानबिहुल गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन ।

रौतहटका १/१ स्थानीय तह बजेट ल्याउन बाँकी
रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ११ स्थानीय तहले पनि असार सकिनलाग्दा सम्ममा बजेट ल्याउन सकेनन् ।

७ स्थानीय तहले मात्र समयमै बजेट ल्याएका छन्। जिल्लाका गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाइ नगरपालिका, गुजरा नगरपालिका, देवाहीगोनाही नगरपालिका, फतुवाविजयपुर नगरपालिका, बोधीमाई नगरपालिका, माधवनारायण नगरपालिका मौलापुर नगरपालिका, वृन्दावन नगरपालिका र यमुनामाइ नगरपालिकाले बजेट ल्याउन सकेनन् ।

बाँकी ७ स्थानीय तहले मात्र असार भित्रनगर-गाउँसभा आयोजना गरी बजेट पारित गरेका छन् ।

सर्लाहीका ७ स्थानीय तहले ल्याएनन् बजेट
सर्लाही नेपालमा सबै भन्दा बढी स्थानीय तह भएको जिल्ला हो । सर्लाहीका २० स्थानीय तहमध्ये ७ तहले बजेट ल्याउन नसकेका हुन् ।

जिल्लाको मलङ्गवा नगरपालिका, बलरा नगरपालिका, बागमती नगरपालिका, हरिपुर्वा नगरपालिका, धनकौल गाउँपालिका, विष्णु गाउँपालिका र पर्सा गाउँपालिकाले समयमै बजेट ल्याउन सकेका छैनन् । 

महोत्तरीका ६ स्थानीय तहले बजेट ल्याउन बाँकी
१५ वटा स्थानीय तह रहेको महोत्तरीका ९ वटा स्थानीय तहले बजेट ल्याइसकेका छन्‌ भने ६ वटाले अझै सम्म बजेट ल्याउन सकेका छैनन्‌ ।

जिल्लाको जलेश्‍वर नगरपालिका, बर्दिबास नगरपालिका, औरही नगरपालिका, मटिहानी नगरपालिका, रामगोपालपुर नगरपालिका र सोनमा गाउँपालिकाले समयमै बजेट ल्याउन नसकेका हुन्‌ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : २३ बजे

एमाले केन्द्रीय विभागहरूको संयुक्त भेला आज

काठमाडौं– नेकपा एमालेका केन्द्रीय विभागहरूको संयुक्त भेला आज (आइतबार) हुँदैछ

काठमाडौं महानगरले आज बजेट ल्याउँदै

काठमाडौं– काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को

आदिकविबाट नेपालीलाई भाषा र भावनाको सेतुले जोड्ने काम भयो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यले नेपालीलाई भाषा र

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ

सिरहा– सिरहाको औरही गाउँपालिका–५ स्थित मलाह टोलबाट दुई क्विन्टलभन्दा बढी

कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई

इलाम– इलाम माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा