संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै « Khabarhub

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक आज बस्दैछन् । आज विकास, आर्थिक मामिला तथा सुशासन, संसदीय सुनुवाइ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालयस्थित समितिकाे हलमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेका सुशासन र यसको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरको शंकर हलमा बस्नेछ । बैठकमा सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका १८ राजदूतको संसदीय सुनुवाइ प्रारम्भ गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यक्रम छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : १५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज