विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा « Khabarhub

विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– विश्वको कुल डिजिटल भुक्तानीको आधा भारतमा मात्र हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आरबीआईले जारी गरेको प्रतिवेदनमा विश्वमा हुने कुल डिजिटल भुक्तानीको ४८.५ प्रतिशत भारतमा मात्र हुने गरेको जनाइएको छ ।

आरबीआईले पछिल्ला ७ वर्षयता डिजिटल भुक्तानीको वृद्धिदर ५० प्रतिशत पुगेको जानकारी समेत दिएको छ ।

भारतीय समाचार संस्था एएननआईका अनुसार भारतमा ४ सय २८ लाख करोड भारतीय रुपैयाँ बराबरका १ खर्ब ६४ अर्ब पटक डिजिटल भुक्तानी भएका छन् ।

आरबीआईका अनुसार डिजिटल अर्थतन्त्रले भारतको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत हिस्सा ओगट्दै आएको छ । सन् २०२६ सम्म यो दोब्बर हुने आरबीआईको अपेक्षा छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ९ : ४२ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान