यातायात कार्यालय मलंगवाद्वारा छ करोड बढी राजस्व संकलन  « Khabarhub

यातायात कार्यालय मलंगवाद्वारा छ करोड बढी राजस्व संकलन 


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

बरहथवा– यातायात व्यवस्था कार्यालय मलंगवाले गत आर्थिक वर्ष २०८०-८१ मा रु छ करोड बढी राजस्व संकलन गरेको छ । गत आवमा यस कार्यालयले रु छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए। उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व संकलन भएको छ । 

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत रु एक करोड ४६ लाख ३८ हजार तीन सय १५ संकलन भएको कार्यालय प्रमुख यादवले बताए। सवारिसाधन करबाट रु चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व संकलन भएको कार्यालयले जनाएको हो । 

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा रु ७० लाख बढी राजस्व संकलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलंगवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु ७० लाख बढी राजस्व संकलन गरेको कार्यालय प्रमुख यादवले बताए ।

‘हामीले चैत मसान्तमा एकै दिन रु ७० लाखसम्म राजस्व संकलन गरेका थियौँ’, उनले भने, ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल)समेत सुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छ भने राजस्व संकलन दायरा फराकिलो भएको छ ।’

 विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए।  यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो । 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ३३ बजे

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा

प्रतिनिधिसभा बैठक : कसले के-के भने ? 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मिटरब्याज (अनुचित लेनदेन) पीडितका माग तत्काल