काठमाडौं– सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ २१०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १७१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १७४० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया