माछा खाएर बिरामी परेका तीन बालबालिकाको मृत्यु  | Khabarhub Khabarhub

माछा खाएर बिरामी परेका तीन बालबालिकाको मृत्यु 


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ । 

सिम्रौनगढ नगरपालिका झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो । उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दन रामको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आइतबार घर नजिकैको पोखरीबाट ल्याइएको माछा र भात खाएर सपरिवार सुतेका थिए । 

राति नै बालबालिकालाई पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएर सिकिस्त बिरामी परेका थिए । सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा उपचारको लागि भर्ना गरिएका उनीहरूलाई त्यहाँबाट प्रादेशिक अस्पताल कलैया लगिएको थियो । 

उपचारको लागि लैजाँदै गर्दा लालिमाको बाटोमै र पुष्पा र कृष्णनन्दको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तीनै जनाको शवको सोमबार नै कलैया अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई बुझाएको प्रहरीले जनाएको छ । माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ४१ बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान