आफैँले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु « Khabarhub

आफैँले चलाएको ट्रकले च्यापिएर चालकको मृत्यु


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८१८१ नंको क्लिंकर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका-१ का २५ वर्षीय सविन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शम्भुनाथ-५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताए ।

शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको प्रनाउ नेउपानेले बताए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १२ : ४४ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा