तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह « Khabarhub

तलबमान निर्धारणमा भेदभाव नगर्न आग्रह


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजपत्र अनंकित कर्मचारी अभियानले  सबै पद तथा श्रेणीका कर्मचारीको पदसोपान एवं मर्यादाक्रम बमोजिम तलबमान निर्धारण गर्न सरकारसँग आग्रह गरेको छ । अभियानले  आज बैठक गर्दै सर्वोच्चको आदेश अविलम्ब कार्यान्वयन गर्न माग गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव तथा राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानका अभियन्ता प्रकाश भट्टराईले तलबमान निर्धारणमा राजपत्र अनङ्कित कर्मचारीलाई बेवास्ता गरिएमा कर्मचारीहरू  आन्दोलनमा उत्रिन बाध्य हुने बताए ।

सरकारले कुनैपनि वर्गका पदका कर्मचारीलाई विभेद गरेमा विभेदमा परेका कर्मचारीहरू आन्दोलनमा जान बाध्य हुने उनको भनाइ थियो ।

निजामती सेवा ऐनमा चक्रीय सरुवा प्रणाली, निश्चित समयावधि सेवा गर्ने कर्मचारीलाई माथिल्लो पदमा बढुवा गर्ने स्वचालित बढुवा प्रणाली, सहसचिव र उपसचिव पदको खुलातर्फको प्रतिष्पर्धामा राजपत्र अनङ्कित कर्मचारी पनि सहभागी हुन पाउनु पर्ने, तिनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्नुपर्ने, माग राखेर राजपत्र अनङ्कित कर्मचारीहरूले सिंहदरबार केन्द्रित आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : ०२ बजे

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा

स्याङ्जा- १ का उम्मेदवार मिनप्रसादलाई ६ प्रश्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरीका १६५

बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा

सडक दुर्घटनामा एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१५ मा आज बिहान भएको सडक दुर्घटनामा

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा एक सय रुपैयाँले गिरावट