दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण « Khabarhub

दमौली अस्पताललाई एक करोड बराबरका उपकरण हस्तान्तरण


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

तनहुँ– स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ ।

विभागले हेमाटोलोजी एनालाइजर,अटोमेटेड युरिन एनालाइजर,फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो । पूर्वमन्त्री शंकर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण  गरेका हुन् । 

नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा  बिरामीले ‘ल्याब रिपोर्ट’ पाउने छन् । यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्दैआएको थियो ।  

उपकरण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा  राष्ट्रियसभा सदस्य पदम परियार, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र लगायत सहभागी थिए। 

यसैबीच, प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका भण्डारीले अस्पतालको स्तरोन्नतिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  १ : १३ बजे

एमालेका वडा र पालिका अधिवेशनको मिति तय

काठमाडौं– नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका अधिवेशनको

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई