नेपालको संसद्‍मा बंगलादेशका हिन्दूमाथि आक्रमणको विरोध « Khabarhub

नेपालको संसद्‍मा बंगलादेशका हिन्दूमाथि आक्रमणको विरोध


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बङ्गलादेशमा पछिल्लो समय अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विषय संसदमा उठेको छ ।

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले मंगलबार संसदमा अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरुमाथि भएको आक्रमणको विषय उठाएका हुन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘अल्पसंख्यक हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुमाथि भएको क्रुर र पाशविक आक्रमणको निन्दा गर्दै सरकार यसमा मौन रहेकोमा दुःख व्यक्त गर्छु ।’

केसीले बङ्लादेशमा भएको ‘कू’ को मुल कारण व्यापक भ्रष्टाचार शासकको निरंकुशता अहंकार दम्भ र प्रतिशोध भएको पनि दाबी गरे । ‘बङ्गलादेशमा भएको पछिल्लो घटनाको मुल कारण व्यापक भ्रष्टाचार शासकको निरंकुशता अहंकार दम्भ र प्रतिशोध नै हो,’ उनले भने ।

सांसद केसीले भ्रष्टाचार सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए ।

बंगलादेशमा हिन्दूहरूमाथि भएको हिंसाको मुद्दा नेकपा एमाले सांसद किरणकुमार साहले पनि उठाएका छन् । उनले छिमेकी बंगलादेशमा हिन्दूहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्‍य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ११ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा