रास्वपाले ०८४ मा कांग्रेस-एमालेलाई बढारेर भुइँमा झारिदिए हुन्छ : गगन थापा « Khabarhub

रास्वपाले ०८४ मा कांग्रेस-एमालेलाई बढारेर भुइँमा झारिदिए हुन्छ : गगन थापा


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


29.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा लेखिएका कुराहरू जुनै सरकार आए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले समावेशी र समानुपातिक कुरा कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

‘हामी संविधानमा लेखिए पनि सरकारमा महिला र दलितलाई छुटाउँछौँ । दुई दल मिलेर राष्ट्रपति र उपराष्ट्रपति पनि पुरुष बनाउँछौँ । स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ’, उनले भने, ‘प्रदेशका सरकार यसैगरी चलाउने हो भने कसरी हामी सफल हुन्छौँ ? संघीयतालाई यो भन्दा राम्रो बनाउने हो । त्यसैले हामीले अब सुधार्नै पर्छ ।’

उनले निर्वाचन प्रणाली फेर्न छलफल गरिरहेको बताएका छन् । ‘तल्लो हाउसलाई प्रत्यक्ष निर्वाचित गरिदिने र माथिल्लो हाउसलाई समानुपातिक बनाउने कुरा मिल्दैन’, उनले भने, ‘अहिले साथीहरू ठूला दलले कुरा मात्रै गर्छन् भन्छन् । ०६४ सालमा माओवादी पनि ठूलो दल थियो । सानो ठूलो भन्ने कोही पनि हुँदैन । अहिले ठूला दललाई प्रश्न गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले ०८४ मा कांग्रेस र एमालेलाई बढारेर भुइँतिर राखेर सरकार हाँके हुन्छ ।’

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  २ : ३३ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन