त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि « Khabarhub

त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ ।

 नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा सर्पको बिगबिगी बढेको स्थानीयवासी बताउँछन् । 

करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएको नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रले जनाएको छ ।

हाल त्रियुगा नगरक्षेत्रमा दैनिक पाँच देखि छ जनासम्म सर्पदंशका बिरामी उपचार केन्द्र भुल्केमा उपचारका लागि आउने गरेको उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पवित्रा गिरीले बताइन्। अधिकांश सर्पदंशका बिरामीहरू त्रियुगा नगरपालिका क्षेत्रबाट आउने गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ । 

सर्पदंशका बिरामीहरू मध्ये धेरैजसो रातिको समयमा खेतमा पानी लगाउन जाने र घरवरिपरी काम गर्ने, गोठमा साँझ बिहान काम गर्ने भएको स्थानीय ज्ञानबहादुर बस्नेतले बताए । 

साउनको पहिलो सातादेखि तेस्रो सातासम्ममा एक सय ५० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको र उनीहरु निको भएर घर फर्किएको सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ३ : ५४ बजे

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान