'प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य' | Khabarhub Khabarhub

‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले संवैधानिक व्यवस्था गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताएकी छन् ।

 ‘एनसी वुमन लिडरसिप फोरम’ द्वारा सोमबार आयोजित ‘निर्वाचन प्रणालीमा महिलाहरूको समान सहभागिताः वर्तमान सवाल र महिला प्रतिनिधित्वको सुनिश्चितता’ विषयक बागमती प्रदेशस्तरीय एक दिने प्रशिक्षण कार्यक्रममा उनले राज्यको हरेक तहमा ५० प्रतिशत महिला सुनिश्चित गर्न समानुपातिक निर्वाचन प्रणालीबाट मात्रै सम्भव नहुने धारणा राखिन् ।

‘नेपाली कांग्रेसले नै महिलालाई राजनीतिमा स्थापित गराउन मुख्य भूमिका निर्वाह गरेको छ, तर पनि निर्णायक तहमा ५० प्रतिशत महिला पुग्न सकेको छैन, दक्षिण एसियामा पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी हो, उनलाई नेपाली कांग्रेसले मन्त्री बनाएको थियो’, उनले भनिन्, ‘२०६२-६३ को जनआन्दोलनमा महिलाको सङ्ख्या बढी थियो, महिलाहरूकै बलमा आन्दोलन सफल भएको थियो । अब प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिला हरेक पार्टीमा हुनुपर्छ ।’

उनले आन्दोलनमा महिलाको योगदान महत्वपूर्ण हुँदाहुँदै नीति निर्माण तहमा महिला नहुँदा अधिकार कार्यान्वयन हुन नसकेको बताए। महिलाका नामबाट नागरिकता दिने व्यवस्था भए पनि सामाजिक मानसिकताका कारण अंश र वंशमा महिलाको हक अधिकार स्थापित हुन नसकेको उनको भनाइ थियो ।

पहिलो संविधानसभामा ३४ प्रतिशत महिला प्रतिनिधित्व भएको स्मरण गराउँदै उनले गठबन्धन गरेर निर्वाचनमा जाँदा महिलाको प्रतिनिधित्व र पहुँच घटेको उल्लेख गरे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले जनताको भावना जित्ने गरी काम गर्न महिला तयार हुनुपर्ने धारणा राखे । उनले राज्यका हरेक तहमा महिलाको प्रतिनिधित्वका लागि सबै पार्टीका महिला एकजुट हुनुपर्नेमा जोड दिइन् ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईँले संविधानमा प्राप्त राजनीतिक अधिकार अनुसार महिला प्रतिनिधित्व गराउन सहज नभएको बताइन् । उनले महिला प्रतिनिधित्व स्थापित गर्न निरन्तर सङ्घर्ष गर्नुपर्ने बताइन् । 

‘मन्त्रिपरिषदमासमेत देशको संविधान र कानुनले निर्धारण गरेअनुसार महिलाको प्रतिनिधित्व छैन, यसका लागि अझै सङ्घर्ष गर्नुपर्छ’, उनले भनिन्, ‘राजनीतिमा स्थापित हुन महिलाले आफूलाई सक्षम बनाउँदै लैजानुपर्छ । महिलाले महिलाको सम्मान गर्नसक्ने अवस्था सिर्जना गर्नुपर्छ ।’

बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले महिलाले महिलालाई राजनीतिक मञ्चमा स्थापित गराउन लाग्नुपर्ने बताइन्। 

‘आसन, भाषण र शासनमा महिलालाई स्थापित गराउनुपर्छ, पुरुषभन्दा महिला शक्तिशाली छौँ, ३३ प्रतिशत होइन, अब ५० प्रतिशत प्रतिनिधित्व आवश्यक छ । मूल्यांकनको आधारमा महिलालाई राजनीतिमा स्थापित गराउन यस्ता कार्यक्रम महत्वपूर्ण हुन्छ’, उनले भनिन्। 

महिलाका नेतृत्व स्थापित गराउन आर्थिक सामाजिक रुपमा महिलालाई सक्षम बनाउनुपर्ने धारणा उनले राखिन् ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ४ : ४३ बजे

रुसी क्षेप्यास्त्र परीक्षण ‘उचित कदम होइन’ : ट्रम्प

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्ना रुसी समकक्षी

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले पाँच वर्षदेखि च्याउखेती

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अर्घ्यदान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा

किस्ट अस्पतालमा तनाव बढ्यो, प्रहरीद्वारा अश्रु ग्यास प्रहार (तस्बिरहरू)

 काठमाडौं– चिकित्सकको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तले घेरेपछि

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठी माताको पूजा आराधना गरेका छन्