नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयाे « Khabarhub

नेपाल छिर्न लागेका बङ्गलादेशीलाई विराटनगरको रानी नाकाबाट फर्काइयाे


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


17.5k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– बङ्गलादेशमा हिंसा चर्किएपछि भारत हुँदै नेपाल प्रवेश गर्न खोज्ने तीन जना बङ्गलादेशीलाई विराटनगरस्थित रानी नाकाबाट फर्काइएको छ ।

मंगलबार मध्यान्ह २ जना र केही दिनअघि एक गरी तीन जनालाई रानी नाकाबाट फर्काइएको हो। उनीहरूलाई प्रहरीले नाकामै रोकेर भारततर्फ फर्काइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्र कुँवर खापुङले भारतको जोगवनी हुँदै मंगलबार रानी नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई भारततिरै फिर्ता पठाइएको हो । 

उनीहरू परिवारकै आफन्त भएको बुझिएको पनि खापुङले बताए । त्यसैगरी एक साताअघि पनि जोगवनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गर्न प्रयास गर्ने बङ्गलादेशका नागरिक उदीप सरदारलाई प्रहरीले रोकेर फिर्ता पठाएको थियो ।

बङ्गलादेशमा विकसित राजनीतिक घटनाक्रम र हिंसात्मक आन्दोलनपछि गृह मन्त्रालयले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ।

बङ्गलादेशको राजनीतिक घटनाक्रमको असर नेपालसम्मै पर्न सक्ने जोखिमलाई ध्यान दिँदै गृह मन्त्रालयले नेपालका अन्तर्राष्ट्रियस्थल सीमा क्षेत्रबाट हुने आवागमनलाई सूक्ष्म निगरानी गर्न र अवैध घुसपैठ नियन्त्रण गर्न सुरक्षा संयन्त्रको उपस्थिति बाक्लो बनाएको हो ।

‘बंगलादेशीको अवैध घुसपैठ रोक्न सीमामा कडा निगरानी सुरु गरेका छौ,’ कोशी प्रदेश प्रहरी प्रमुख खापुङले भने, ‘भारतसँग सीमा जोडिएका नाकाका जिल्लाहरू मोरङ, सुनसरी, झापा र इलामका सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ।’ 

खासगरी पूर्वी नाका रानीबाट नेपाल प्रवेश गर्ने बङ्गलादेशी नागरिकलाई सीमाबाट फर्काउने काम भएको छ ।  फर्काइएकाहरू पहिलेबाटै भारतमा रहेका या राजनीतिक संकटपछि भारत छिरेका खुल्न नसकेको उनले बताए । 

बङ्गलादेशबाट दूरीको हिसाबमा नजिकको नाका काँकडभिट्टा हो । फर्काइएका बङ्गलादेशी नागरिक रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्नुलाई थप अनुसन्धानपछि भन्न सकिने उनले बताए ।

नेपालको झापाबाट बङ्गलादेश राजधानी ढाका करिब ५ सय किलोमिटर टाढा पर्छ । मेची पुलबाट बङ्गलादेश जोड्ने फूलबारी नाका पनि करिब ३८ किलोमिटर मात्रै टाढा पर्छ । फूलबारी नाकाबाट रानी १ सय किलोमिटर दूरीमा छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बङ्गलादेशी नागारिक अवैध रुपमा नेपाल प्रवेश गर्न सक्ने आधारमा सीमानाकामा कडाइ गरिएको बताए । तर उनले अहिलेसम्म काँकडभिट्टा नाकाबाट अवैध रुपमा नेपाल प्रवेश गर्न खोज्ने बङ्गलादेशीलाई फेला नपरेको बताए ।

बास्तोलाका अनुसार झापाको काँकडभिट्टा, भद्रपुरलगायत खुला नाकामा सुरक्षा सतर्कता बढाइएको छ । झापाको बाहुनडाँडी, नकलबन्दा, कचनकबल, गौरीगन्ज जस्ता नाकाबाट बङ्गलादेशीको  प्रवेश गर्न सक्ने भन्दै प्रहरीले निगरानी बढाएको जनाएको छ । 

‘कुनै बहानामा बंगलादेशीको घुसपैठ हुन नदिन हामी सतर्क छौँ,’ झापाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने, ‘केन्द्रबाटै नाका कडाइ गर्ने स्पष्ट निर्देशन आएको छ, हामीले त्यहीअनुरूप निगरानी गरेका छौँ।’

नेपालको झापाबाट बङ्गलादेशको राजधानी ढाका करिब ५ सय किलोमिटर टाढा पर्छ ।

मेची पुलबाट बङ्गलादेश जोड्ने फूलबारी नाका करिब ३८ किमि मात्रै टाढा पर्छ । नेपालका कर्णालीबाहेक ६ वटै प्रदेशका विभिन्न जिल्ला भारतसँग जोडिएका छन् ।

छिमेकी देश बङ्गलादेशमा पछिल्लो महिना दिनयताको विकसित राजनीतिक परिस्थितिका कारण बङ्गलादेशीहरू धमाधम देश छाड्दै छन् । उनीहरू भारत हुँदै अवैध रूपमा नेपाल प्रवेश गर्न सक्ने सम्भावना देखिएकाले सरकारले सिमाना क्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ ।

नेपालको पूर्व–पश्चिम र दक्षिणको गरी २६ जिल्लाहरू भारतसँग जोडिएका छन् । भुटानी शरणर्थी र रोहिंग्यापनि  शरणार्थीका रुपमा पहिला यसरीनै नेपाल प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ७ : २० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।