विराजको ‘१२ गाउँ’ पनि फूलपातीमै, प्रतिस्पर्धामा तीन फिल्म « Khabarhub

विराजको ‘१२ गाउँ’ पनि फूलपातीमै, प्रतिस्पर्धामा तीन फिल्म


२९ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेता विराट भट्टका छोरा समीरको डेब्यू फिल्म ‘१२ गाउँ’ असोज २४ अर्थात् फूलपातीका दिन प्रदर्शनमा आउने भएको छ । विराजले मंगलबार नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

एक्सन जनरामा बनेको यो फिल्ममा विराजकै निर्देशनमा तयार भएको हो । यसमा उनी नायकको भूमिकामा पनि छन् । उनले खबरहबसँग भनेका भने, ‘दर्शकले हामी बुवा–छोराकै एक्सन देख्न पाउनुहुन्छ ।’

यससँगै विराजको फिल्मले हलमा दीपक–दीपको ‘छक्का पञ्जा–५’, जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहने ‘ज्वाइँ साब’सँग हलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।
यस फिल्ममा विराट र समीरसहित न्यान्सी खड्का र सनिशा भट्टराईको मुख्य भूमिका रहेको छ ।

विराजको तर्क

दसैंमा दुई–तीन फिल्म लाग्नु सामान्य विषय रहेको विराजको बुझाइ छ । अन्य सामान्य दिनमा समेत फिल्महरुले हलमा प्रतिस्पर्धा गर्दा दसैंमा तीन फिल्म लाग्नु ठूलो विषय नरहेको उनको तर्क छ ।

उनी भन्छन्, ‘कसैसँग फिल्म हामीले जुधाएको हैन । लामो बिदामा दर्शकमाझ फरक स्वाद फिल्म लिएर जाने मेरो चाहाना हो । फिल्म त अन्य दिनमा पनि एकसाथ प्रदर्शन भएका छन् नि ।’

आफ्ना पूराना दर्शकलाई भेट्न उपयुक्त अवसर छोड्न नचाहेको उनको अर्को तर्क छ । भन्छन्, ‘मेरो फिल्म किशोर अवस्थमा हेर्ने दर्शकहरु अहिले ठूलो भइसक्नुभयो । विदेश भए पनि दसैंमा नेपाल आउनुहुन्छ । उहाँहरु परिवारसँग मेरो फिल्म हेर्न आउनुहुन्छ ।’

त्यस्तै, समीरको अर्को फिल्म ‘बलिदान’को छायांकन र प्रदर्शनकाे समय तालिकालाई मध्यनजर गरेर प्रदर्शन मिति तय गरेको उनको तर्क छ ।

‘बलिदानको छायांकन हुन्छ । त्यहाँ पनि समीरले समय दिनुपर्ने हुन्छ । अहिलेपछि गर्दा बलिदानसँग यो फिल्म सँगै जस्तो प्रदर्शन हुने भयो,’ उनी भन्छन्, ‘दसैपछि प्रदर्शन गर्दा समीरको तालिका नमिल्ला जस्तो पनि भयो ।’

समीरको चर्चा

१२ गाउँ फिल्म निर्माण घोषणासँगै समीर चर्चामा छन् । दर्शकले उनको केही तस्बिर मात्रै देखेका छन् । उनको अन्तर्वार्ता र भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् ।

विराजको छोरा भएका कारण उनले स्वभाविक रुपमा चर्चा पाएका हुन् । त्यसका साथै उनको सुगठित शरीर पनि चर्चाको अर्को कारण हो ।

विराजकाअनुसार यो फिल्मको स्क्रिप्टमा कोरोनाकालको लकडाउन ताका नै भएको हाे। समीरलाई पनि त्यही समयदेखि एक्सन र फिल्मका लागि चाहिने प्राविधिक विषयमा तालिम दिएको उनको भनाइ छ ।

छायांकनस्थलमा  १२ गाउँको टिम

‘समीरको एक्सन टिजर आएपछि नै थाहा हुन्छ । बाँकी मिहिनेत फिल्ममा देखिन्छ,’ उनी भन्छन्, ‘एक्सन फिल्मका बारेमा मैले धेरै कुरा रिसर्च गरेर बनाएको छु । त्यसमा समीरको महिनेत दर्शकले आफैँ देख्नुहुन्छ ।’

समीर यही फिल्मका लागि नेपाल आएका हुन् । उनी पढाइका लागि मुम्बईमा बस्दै आएका थिए । विराजले पनि छोरालाई आफ्नै फिल्मबाट डेब्यू गराउने इच्छा राखेका थिए । सोहीअनुरुप उनी १२ गाउँमा नायकका रुपमा तय भएका हुन् ।

विराजका अनुसार समीर मार्सल आट्र्समा ब्ल्याक बेल्ट लिएका खेलाडी हुन् । उनी भारतमै थिएटरमा पनि काम गर्दै आएका छन् । नमित कपुरको अभिनय इन्स्टिच्युटमा समेत उनले अध्ययन गरेका छन् ।

फिल्मका लागि उनले नृत्य र जिम्न्यास्टिकको समेत तालिम लिएका छन् ।

 

 

 

 

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलबार  ११ : १५ बजे

खोटाङमा २१ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन

विमानस्थलमा अलपत्र परेकालाई खान र बस्नको व्यवस्था

काठमाडौं– मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर

सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने : देउवालाई सम्मान, गगनको हातमा शासन

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर

 विस्तार गौरवको योजना सूर्यविनायक-धुलिखेल सडक

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार

‘सडक मानव’को हुलियामा नायक बिपिन, नयाँ फिल्मको पात्र सार्वजनिक गरेका हुन् ?

काठमाडौं – पात्र निर्माणमा माहिर अभिनेता बिपिन कार्कीले ‘सडक मानव’