कोशी सरकारमा कांग्रेसको सहभागिता, तीन मन्त्री र एक राज्यमन्त्री थपिए « Khabarhub

कोशी सरकारमा कांग्रेसको सहभागिता, तीन मन्त्री र एक राज्यमन्त्री थपिए


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार बिहान नेपाली कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले विराटनगरमा शपथ लिएका हुन्।

प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो। राईलाई भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी दिएको छ। खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री बन्दा सदानन्द मण्डलले पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

भूमि राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको राज्यमन्त्री बनेका छन्। शुक्रबारको मन्त्रिपरिषद् विस्तारसँगै कोशी प्रदेशमा दुई राज्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १० : ४४ बजे

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)

ट्रम्पको कर चेतावनीले दक्षिण कोरिया चिन्तित

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल, काठ र फार्मास्युटिकल्स