ब्रेकिङ स्टोरी

रुकुम पूर्वको पुथा उत्तरगंगाकी उपाध्यक्षसहित तीनजनाको मृत्यु

By खबरहब

September 13, 2024

बागलुङ– बागलुङमा भएको जीप दुर्घटनामा कम्तीमा तीनजनाको ज्यान गएको छ ।

गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान जीप दुर्घटना हुँदा रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीनजनाको मृत्यु भएको हो ।

ज्यान गुमाएका अन्य दुई जनाको सनाखत हुन सकेको छैन । सनाखत नभएका मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन् ।

उक्त दुर्घटनामा एकजना पुरुष घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि बागलुङ अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले गलकोटतर्फ गइरहेको जीप दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

यो पनि …

बागलुङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु