गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति | Khabarhub Khabarhub

गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । 

हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिक्षेत्र र मुस्ताङको प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा नयाँ वितरण लाइनमार्फत विद्युत् आपूर्ति गरिएको हो । 

यसअघि मिलनचोक–दाना फिडरबाट विद्युत् आपूर्ति हुने गलेश्वरमा यसै हप्तादेखि बेनी फिडरबाट आपूर्ति गराउन थालिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । 

‘मिलनचोकदेखि दाना जोड्ने लामो दूरीको वितरण लाइनका कारण बेनी बजार नजिकै रहेको गलेश्वरमा विद्युत् आपूर्ति अनियमित हुने समस्याको अन्त्यका लागि बेनीको कालीपुलदेखि गलेश्वर नयाँ लाइन सञ्चालन गरिएको हो’, उनले भने, ‘धार्मिक पर्यटकीयस्थल पनि भएकाले गलेश्वरमा नियमित गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको हो ।’

कालीपुलदेखि गलेश्वरसम्म ८४ वटा खम्बा गाडेर तीन किलोमिटर दूरीको तार तानिएको छ । दुई सय र ५० केभीए क्षमताको दुई वटा ट्रान्सफर्मर राखिएको छ । गलेश्वरमा समस्या आउँदा बेनीमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन कालीपुल नजिकै डल्लेपीपलमा ‘डियो’ राखिएको नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बताए।  

म्याग्दी र पर्वतको जलजला गाउँपालिकाको मल्लाज क्षेत्रका करिब २२ हजार उपभोक्ता रहेको म्याग्दी वितरण केन्द्रमा १३२ केभी क्षमताको मिलनचोक सव स्टेशनबाट विद्युत् आपूर्ति हुन्छ । मिलनचोकदेखि रत्नेचौर, बेनी, दरबाङ र दाना फिडरबाट विद्युत् वितरण हुन्छ । 

विद्युत् वितरण लाइन सुधार भएपछि नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै शिलामाथि रहेको गलेश्वर शिवालय मन्दिरका साथै गलेश्वरका करिब एक सय ५० घरधुरी लाभान्वित भएका बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले बताए। सडक छेउमा सडकबत्ती पनि राख्न मिल्नेगरी बिजुलीको खम्बा गाडिएको उनले बताए ।  

गलेश्वरमा रहेको होटल व्यवसायी ताराप्रसाद आचार्यले नयाँ लाइनबाट विद्युत् आपूर्ति हुन थालेपछी स्थानीयवासी र व्यवसायीलाई धेरै सहज भएको बताए ।

‘यसअघि विद्युत् आपूर्ति अनियमित भएर हैरान भएका थियौँ’, उनले भने ,’नयाँ लाइन जोडेपछि विद्युत् नियमित आपूर्ति भएको छ ।’

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  १२ : ४९ बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ