मितेरी सहकारीमा संसदीय समिति, कुम्भराजको दाबी : ‘डिभोर्स’ कागजी, ज्योतिको ऋण धनराजले तिर्दैछन् « Khabarhub

मितेरी सहकारीमा संसदीय समिति, कुम्भराजको दाबी : ‘डिभोर्स’ कागजी, ज्योतिको ऋण धनराजले तिर्दैछन्


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगी प्रकरण छानबिन गर्न गठित संसदीय छानविन विशेष समितिले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको ललितपुर महालक्ष्मीस्थानस्थित मितेरी सहकारीको निरीक्षण गरेको छ ।

समितिका सभापति सूर्यबहादुर थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेका हुन् ।

त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिनाबारे सोधपुछ गरेको थियो ।

यसअघि श्रीमती ज्योति गुरुङसँग साढे ४ वर्षअघि नै डिभोर्स भएको धनराजले बताउँदै आएका थिए । उक्त सहकारीको रकम हिनामिनामा पनि उनै संलग्न भएकाले आफूलाई नमुछ्न उनले आग्रह गरिरहेका थिए ।

तर श्रीमती ज्योतिको नाममा रहेको ऋण धनराज आफैँले पटक पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले संसदीय समितिलाई बताएका छन् ।

गत वैशाख र जेठमा मात्रै धनराजले ऋणमध्ये ९१ लाख २५ हजार ६४६ रुपैयाँ तिरेर बताउँदै कुम्भराजले उनीहरू दुईजनाबीच कागजी मात्रै डिभोर्स भएको दाबी गरेका हुन् ।

यसअघि संसदीय विशेष छानबिन समितिमै बोलाएर कुम्भराजको बयान लिइएको थियो । त्यसबे‍ला उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको हिनामिनाबारे जानकारी दिएका थिए ।

ज्योतिले हिनामिना गरेको आएपछि धनराज आफैँ सञ्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको कुम्भराजले समितिलाई जानकारी गराएका छन् ।

धनराजले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको जिकिर गरिरहेका छन् । उनले ज्योतिले गरेको सहकारीको बचत हिनामिनासँग आफ्नो संलग्नता र सम्बन्ध नरहेको पनि संसद्‍मै बताइसकेका छन् ।

प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले बिहीबार कार्यविधिबमोजिम निर्णय गरी तीनवटा सरकारी निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको सभापति सूर्यबहादुर थापाले बताएका छन् ।

धनराजले हालसम्म फिर्ता गरेको रकम

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ४ : ३४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली