तिहाड जेलमा १५६ दिन बसेर रिहा भए अरविन्द केजरीवाल | Khabarhub Khabarhub

तिहाड जेलमा १५६ दिन बसेर रिहा भए अरविन्द केजरीवाल

बाहिर निस्किनेबित्तिकै भाजपालाई साँधे निशाना


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शुक्रबार रिहा भएका छन् । त्यहाँको सर्वोच्च अदालतबाट जमानत पाएसँगै १५६ दिन तिहाड जेलमा बिताएर केजरीवाल रिहा भएका हुन् ।

केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको हो । जमानत मिलेपछि केजरीवालको रिहाइको पत्र तिहाड जेलमा पुर्‍याइएको थियो।  उनी समग्रमा करिब ६ महिना लामो जेल जीवन गुजारेर रिहा भएका हुन् । उनी त्यसअघि करिब २० दिन प्रहरीको हिरासतमा बसे ।

जेलबाहिर आएपछि उनले आम आद्मीका कार्यकर्तालाई सम्बोधन गरे । उनले भने, ‘सबैभन्दा पहिले भगवानप्रति आभारी छ । जसका कारण म जेलबाहिर आउन सकेको छु । जसले मन्दिर, मस्जिद, गुरूद्वारामा प्रार्थना गरे, उनीहरू सबैप्रति आभारी छु । मेरो रगतको एक एक थोपा देशका लागि समर्पित छ।’

उनले जेलबाट निस्किएलगत्तै भारतीय जनता पार्टीप्रति निशाना साँधे । केजरीवालले भने, ‘उनीहरूको जेलले मेरो हौसला र आत्मविश्वास तोड्न सकेन ।’

सर्वोच्च अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको मुद्दा प्रकरणमा उनलाई जमानत दिएको हो । अदालतले आफ्नो आदेशमा केजरीवालले १० लाख रुपैयाँ धरौटी तिर्नुपर्ने बताएको थियो ।

न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो । सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो ।

केजरीवालले सर्वोच्च अदालतमा दुईवटा निवदेन दर्ता गरेका थिए । यसमध्ये एउटा निवेदन जमानत नदिनेविरुद्ध थियो । यस मामिलामा सीबीआईको गिरफ्तारीविरुद्ध दोस्रो निवेदन पनि पुगेको थियो ।

सीबीआईले केजरीवाललाई इनकम ट्याक्स डिपार्टमेन्टको हिरासतमा रहेका बेला पक्राउ गरेको थियो । केजरीवाललाई ईडी टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । जुलाई १२ मा, केजरीवालले ईडी मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएका थिए ।

तर यो जमानतअघि नै सीबीआईले केजरीवाललाई जुनमा पक्राउ गरेर हिरासतमा लिएको थियो । यहीकारण केजरीवाल जेलबाट बाहिर आउन सकेका थिएनन् ।

लोकसभा चुनावलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले मे १० मा अ उनलाई चुनाव प्रचारका लागि २१ दिन अर्थात् जुन २ सम्मको अन्तरिम जमानत दिएको थियो ।

यसअघि दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियालाई पनि यस मामिलामा जमानत दिइएको थियो । सिसोदिया १७ महिना जेल बसेर रिहा भएका छन् । यसअघि सञ्जय सिंह पनि धरौटीमा छुटेका थिए ।

आम आद्मी‍ पार्टीले केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टीले केन्द्रीय एजेन्सीहरू प्रयोग गरेर विपक्षी नेताहरूलाई झूटा मुद्दामा फसाएको आरोप लगाउँदै आएको छ ।

भाजपाले कानुनको नजरमा सबै समान रहेको भन्दै यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ । केजरीवालको रिहाइसँगै विपक्षी इन्डिया गठबन्धनमा पनि उत्साह देखिएको छ।

इन्डिया गठबन्धनका नेताहरू अखिलेश यादवसहितका नेताहरूले केजरीवाललाई खुला संसारमा स्वागत गर्दै सर्वोच्चको निर्णयप्रति सञ्चामाध्यममा खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ०३ बजे

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

जलवायु परिवर्तन : नेपालको शिर ढल्ने कि उठ्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौं– नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट

सोह्र श्राद्धको कुन तिथिमा कस्को श्राद्ध गर्ने ?

काठमाडौं– दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन

विश्वकप लिग–२ : आज नेपाल र ओमान खेल्ने

काठमाडौं– आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत आज नेपाल र