रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता « Khabarhub

रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता


२८ भदौ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

मस्को– उत्तर कोरियाली नेता किम जोङ उन र रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच शुक्रबार भेटवार्ता भएको छ । क्रेमलिन र प्योङयाङबीच केही हप्ता पहिले रक्षा सम्झौता भएको थियो । 

मस्कोले युक्रेनमा ३० महिनाभन्दा बढी समयदेखि जारी रहेको आक्रमणलाई निरन्तरता दिन गोलाबारुदको खोजी गरिरहेको र पश्चिमा मुलुकहरूले प्योङयाङले मस्कोमा हतियार पठाएको आरोप लगाइरहेका बेला रूसको सुरक्षा परिषद्का प्रमुख शोइगुको उत्तर कोरिया भ्रमण भएको हो । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो र उत्तर कोरियासँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । 

रूसी सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा भनेको छ, ‘राष्ट्रपति भ्लादिमिर पुटिनको राजकीय भ्रमणका क्रममा दुई देशका नेताबीच भएको सम्झौताअनुरूप प्योङयाङमा एक विशिष्ट विश्वासिलो र मैत्रीपूर्ण वातावरणमा भेटवार्ता भएको छ ।’

सोइगु र किमको भेटले रक्षा सम्झौताको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ ।

शोइगुले मे महिनासम्म रूसको रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पश्चिमा मुलुक र दक्षिण कोरियाले रूस उत्तर कोरिया सम्झौताको निन्दा गरेका छन् भने युक्रेनले युद्धभूमिमा उत्तर कोरियाली वम फेला परेको बताएको छ ।

रूस र उत्तर कोरिया विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाइएका मुलुक हुन् । तत्कालीन सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सघाएपछि नै मस्कोको प्योङयाङसँग ऐतिहासिक सुमधुर सम्बन्ध छ । सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेदेखि मस्कोले सम्बन्धलाई थप गहिरो बनाएको छ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ६ : ३५ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६