रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता « Khabarhub

रूसी सुरक्षा प्रमुख शोइगु र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

मस्को– उत्तर कोरियाली नेता किम जोङ उन र रूसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुबीच शुक्रबार भेटवार्ता भएको छ । क्रेमलिन र प्योङयाङबीच केही हप्ता पहिले रक्षा सम्झौता भएको थियो । 

मस्कोले युक्रेनमा ३० महिनाभन्दा बढी समयदेखि जारी रहेको आक्रमणलाई निरन्तरता दिन गोलाबारुदको खोजी गरिरहेको र पश्चिमा मुलुकहरूले प्योङयाङले मस्कोमा हतियार पठाएको आरोप लगाइरहेका बेला रूसको सुरक्षा परिषद्का प्रमुख शोइगुको उत्तर कोरिया भ्रमण भएको हो । 

राष्ट्रपति भ्लादिमिर पुटिनले गत जुनमा उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो र उत्तर कोरियासँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । 

रूसी सुरक्षा परिषद्ले आफ्नो वेबसाइटमा भनेको छ, ‘राष्ट्रपति भ्लादिमिर पुटिनको राजकीय भ्रमणका क्रममा दुई देशका नेताबीच भएको सम्झौताअनुरूप प्योङयाङमा एक विशिष्ट विश्वासिलो र मैत्रीपूर्ण वातावरणमा भेटवार्ता भएको छ ।’

सोइगु र किमको भेटले रक्षा सम्झौताको कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइएको छ ।

शोइगुले मे महिनासम्म रूसको रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । पश्चिमा मुलुक र दक्षिण कोरियाले रूस उत्तर कोरिया सम्झौताको निन्दा गरेका छन् भने युक्रेनले युद्धभूमिमा उत्तर कोरियाली वम फेला परेको बताएको छ ।

रूस र उत्तर कोरिया विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाइएका मुलुक हुन् । तत्कालीन सोभियत सङ्घले उत्तर कोरियाको स्थापना गर्न सघाएपछि नै मस्कोको प्योङयाङसँग ऐतिहासिक सुमधुर सम्बन्ध छ । सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेदेखि मस्कोले सम्बन्धलाई थप गहिरो बनाएको छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ६ : ३५ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट