संवैधानिक परिषद‍्‍मा उपसभामुखको प्रश्न- मलाई हटाउन लागिएको हो ? « Khabarhub

संवैधानिक परिषद‍्‍मा उपसभामुखको प्रश्न- मलाई हटाउन लागिएको हो ?


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले आफूलाई हटाउन दुई ठूला दलले गरेको तयारीबारे संवैधानिक परिषद्‍मा कुरा उठाएकी छन् ।

शुक्रबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवासमा बसेको परिषद् बैठकमा उपसभामुख रानाले आफ्नोबारे बाहिर धेरै कुरा सुनेको भन्दै प्रधानमन्त्र केपी शर्मा ओलीसँग चासो व्यक्त गरेकी हुन् ।

स्रोतका अुनसार उपसभामुख रानाले आफैंले बैठकमा ठूला दलले दुईतिहाइ जुटाउन गरिरहेको कोसिसबारे सोधेकी हुन् ।

‘बाहिर अनौपचारिक रुपमा, पत्रपत्रिकार र सामाजिक सञ्जालमा मेरोबारे कुरा आइरहेका छन् । यहाँहरू सबैजना सिनियर नेताहरू हुनुहुन्छ । मेरोबारे बाहिर अनेक हल्ला आएको सुनिरहेकी छु’, उपसभामुख रानाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘बाहिर मैले हस्ताक्षर अभियानसिहतका धेरै कुरा सुनेँ, खास कुरा के हो त? तपाईंहरू सबैजना भएका बेला जिज्ञासा राखेँ ।’

उनले यही बैठकमा आफ्नोबारेका कुरा भनिदिनु भए हुन्थ्यो भनेर नेताहरूलाई आग्रह गरेकी थिइन् । स्रोतका अनुसार बैठकमा उनले अमेरिकी दूतावासालाई भिसाका लागि नभएर अन्तर्वार्ताका लागि मात्रै पत्र लेखेको भन्दै आफ्नो बचाउ पनि गरिन् ।

‘मैले त अमेरिकी दूतावासमा भिसाका लागि पत्र लेखेको होइन । अन्तर्वार्ताको समय अलिक चाँडो मिलाइदिनु भनेर मात्रै पत्र लेखेकी थिएँ’, उनको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘तर मैले त्यो पत्र पढेकी थिइनँ । हतारमा निर्णय गर्न, हस्ताक्षर गर्न नहुने रहेछ । मैले जानिनछु, नयाँ भएका हिसाबले मेरो कमजोरी भएको हुन सक्छ । यहाँहरू सिनियर हुनुहुन्छ, यसबारे मैले प्रष्ट हुन खोजेकी हुँ ।’

त्यसपछि संवैधानिक परिषद् बैठकको अध्यक्षता गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले एजेन्डामा केन्द्रित हुनुपर्ने भन्दै उपसभामुख रानाले उठाएका कुरालाई छल्न खोजेको स्रोतले उल्लेख गरेको छ ।

‘हामी अहिले एजेन्डामा मात्रै कुरा गरौँ । तय गरिएका एजेन्डाका लागि हामी यहाँ बसेका हौँ’, उपसभामुखलाई ओलीको जवाफबारे स्रोतले भन्यो, ‘अहिले अरु विषयमा कुरा गरौँ । तपाईं-हामी कोही पनि बाहिर आएका हल्लाको पछि नलगाौँ ।’

स्रोतका अनुसार ओलीले उपसभामुखलाई उनको योगदानबारे सबैलाई थाहा भएको पनि बताएका थिए । ‘तपाईंको योगदानबारे हामीलाई थाहा छ, त्यस्तो कुनै योजना छैन’, ओलीको जवाफबारे स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि संवैधानिक परिषद्का सदस्य एवम् प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख रानाको बचाउ कोसिस गरेका थिए ।

दाहालले उपसभामुखबारे संसद्‍देखि सडकसम्म कुरा उठिरहेकाले प्रष्ट हुन खोजेको हु्न सक्ने बताए । ‘उहाँ (उपसभामुख) को विषयमा धेरै कुरा उठिरहेको छ । त्यसैले उहाँले प्रष्ट हुनु खोज्नु भएको होला’, दाहालले बैठकमा भने ।

यसबारेमा नेताहरूले उपसभामुख रानालाई हतारमा गलत निर्णय नलिन पनि सुझाएका छन् । ‘हतारमा कुनै किसिमको गलत निर्णय नगर्नु, अध्ययन मात्रै गरेर निर्णय लिनु, हस्ताक्षर गर्नु’, उपसभामुखलाई नेताहरूको सुझावबारे स्रोतले भन्यो, ‘कुनै किसिमको नियुक्ति दिँदा या पत्र लेख्दा अध्ययन गरेर मात्रै हस्ताक्षर गर्ने गर्दा राम्रो हुन्छ ।’

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ७ : ५१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा