यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना | Khabarhub Khabarhub

यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको जनाएको छ ।

साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम बदली रहनेछ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३७ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ६ : १८ बजे

प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – झाक्री प्रकाश भुजेल सवार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा

महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्ण : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पछिल्लो

दिउँसै गाउँ पस्न थाले जङ्गली हात्ती

झापा – झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि त्रास

ताजिकिस्तानसँग नेपाल ४–० गोल अन्तरले पराजित

काठमाडौं – नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे

रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाधसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा