उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान   « Khabarhub

उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान  


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् ।

 सरकारले महशुल बक्यौता उठाउन निर्देशन गरेसँगै प्राधिकरणले पनि मंगलबार सञ्चालक समितिको बैठक बोलाइ लाइन काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गर्‍यो ।

ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा लाइन जोड्ने निर्णय प्राधिकरणको बोर्ड निर्णयबाट भइसकेको छ । त्यसअनुसार, मंगलबार रातीसम्म लाइन काटिएका अधिकांश उद्योगमा लाइन जोडिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।

उनका अनुसार, बाँकी उद्योगमा आज (बुधबार) लाइन जोडिनेछ । उद्योगमा लाइन जोडेसँगै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनका आयोजना गर्दैछन् । प्राधिकरणको सभाहलमा दिउँसो २ बजे पत्रकार सम्मेलन हुँदैछ ।

यसअघि लाल आयोगको प्रतिवेदनअनुसार १५ दिनभित्र सम्पूर्ण बक्यौता उठाउनुपर्ने चुनौती प्राधिकरणलाई छ । घिसिङ स्वयं पनि प्राधिकरणमा बाँकी ८ महिनाको कार्यकालमा महशुल बक्यौता उठाउन लागिपरेको बुझिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ४५ बजे

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ