निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ « Khabarhub

निर्मलाबारे विवादित अभिव्यक्ति दिने व्यक्ति समातिए, ऋषि धमलासँग पनि सोधपुछ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा टेलिभिजन अन्तर्वार्तामा सनसनीपूर्ण कुरा बोलेका  गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पटक पटक विवादमा आइरहने प्रस्तोता ऋषि धमलासँग प्राइमटाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा अर्यालले विवादित अभिव्यक्ति दिएपछि बुधबार नियन्त्रणमा लिएको हो। उनलाई मंगलबार पनि सोधपुछ गरेर हाजिर जमानीमा छाडिएको थियो ।

सीआईबीले थप अनुसन्धानका लागि बुधबार अर्याल दम्पती र प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता लिएका ऋषि धमलालाई पनि सोधपुछ गरिरहेको छ । सीआईबीका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले तीनैजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको पुष्टि गरेका छन् ।

‘अर्यालले टेलिभिजनमा दाबी गरेका सबै विवरण झूट हुन्’, उनले भने, ‘उक्त विषयमा थप अनुसन्धानका लागि अर्याय दम्पती र प्रस्तोता धमलालाई सीआईबीमा ल्याएका छौं ।’

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले कञ्चनपुरमा पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झूटो विवरणसहितको अन्तर्वार्तामा अर्यालले दिएको प्रहरी उपरीक्षक बोगटीले बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ३ : ०४ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका