यु–१९ महिला टि–२० विश्वकप छनोट : नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै « Khabarhub

यु–१९ महिला टि–२० विश्वकप छनोट : नेपालविरुद्ध युएईले ब्याटिङ गर्दै


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईले नेपालविरुद्व ब्याटिङ गरिरहेको छ । 

युएईको अजमानस्थित द सेभेन रङ्गशालामा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल र युएईबीचको यो अन्तिम खेल हो । 

एसिया छनोटअन्तर्गत नेपालले यसअघि पाँच खेल खेलिसकेको छ । नेपाल चार खेलमा जित तथा एउटामा हारका साथ अंक तालिकामा दोस्रो स्थानमा छ । 

पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको थियो । यस्तै, दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । 

नेपालले चौथो खेलमा आइतबार थाइल्याण्डलाई एक सय ६ रनले पराजित गरेको थियो । मङ्गलबार भएको पाँचौँ खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको थियो । 

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । नेपालले यु–१९ विश्वकपमा छनोट हुनका लागि आजको खेलमा युएईलाई जित्नै पर्ने हुन्छ । साथै, रनरेटमा पनि युएईलाई पछाडि पार्नुपर्छ । 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ०९ बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

बैङ्कक – म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता