माओवादीको उकालो यात्रा सुरु भयो : प्रचण्ड « Khabarhub

माओवादीको उकालो यात्रा सुरु भयो : प्रचण्ड


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’– अध्यक्ष प्रचण्डले भने– ‘तर विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ, यो यात्रा रुपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’

उनले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताए । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरुसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वतःस्फूर्त ध्रुवीकरण पनि चलिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताए । 

अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रुपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरूमा जाँदा २०६४ कै झल्को आउने गरी जनआकर्षण देखिन थालेको बताए । 

सो क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरू वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा. थारूले जानकारी दिए । 

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : ४७ बजे

विशाल लक्ष्य पछ्याउँदा क्रममा भरपर्दा ब्याटर पाञ्चाल आउट भएपछि कर्णालीलाई धक्का

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा भरपर्दा ब्याटर

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छ : अनिल शाह

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर

कृष्ण सागरमा रूसी ट्याङ्करमाथि फेरि आक्रमण

एजेन्सी– रुसबाट जर्जिया लैजाँदै गरेको सूर्यमुखी तेल बोकिरहेको मिडभोल्गा–२ नामक

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशप्रति ओलीको आक्रोश, भने : एमालेमाथि अर्को प्रहार

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४

रोसिङ्टनले शतक हान्दा कर्णालीलाई पोखराले दियो २ सय २ रनको विशाल लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २