धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान  « Khabarhub

धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान 


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएको छ । 

बुधबार सीआईबीमा बोलाएर बिहानैदेखि बयान लिएर कागज गरेको प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ ।

उनले भने, ‘लामो बयान लिएका छौँ । उहाँले सहज रूपमा बयान दिनुभएको छ ।’ 

सीआईबीमा मितेरी अध्यक्ष कुम्भराज गुरुङले १२ करोड २० लाख रुपैयाँ ज्योति गुरुङले महाप्रबन्धकको जिम्मेवारीमा हुँदा हिनामिना गरेको उजुरी गरेका थिए । अहिलेसम्म त्यसको सावाँ ब्याज हिसाब गर्दा १४ करोड ८१ लाख ७२ हजार रुपैयाँ पुगेको भन्दै कुम्भराज गुरुङले सीआईबीमा कागजात पनि बुझाएका छन् । 

सहकारी प्रकरणमा धनराजबारे निरन्तर अनुसन्धान, अहिलेसम्म प्रमाण भेटिएन

सीआईबी प्रवक्ता बोगटीले खबरहबसँग भने, ‘हामीले कुम्भराज जी ले बुझाउनुभएको प्रमाण, सहकारीका कागज, संसदीय समितिले तयार पारेको प्रतिवेदन र अन्य सबुतलाई केलाएर आज दिनभर बयान लिएर कागज गरेका छौँ’ 

धनराजको संम्लगनता देखियो त ? भन्ने प्रश्नमा बोगटीले भने, ‘बयान लिइएको छ, अन्य कुराहरू हामी अनुसन्धानमै छौँ ।’ 

पूर्वपत्नी ज्योति गुरुङले रकम अपचलन गरेको खुलेपछि धनराजको पनि संलग्नता भएको आरोप छ । यस्तै धनराज र श्रीमती मिलेर सहकारीको रकम हिनामिना गरेपछि काजजी डिभोर्स गरेको मितेरी सहकारी सञ्चालक तथा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले लगाइरहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ४४ बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका