धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान  « Khabarhub

धनराज गुरुङसँग सीआईबीले लियो दिनभर बयान 


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुरको मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बयान लिएको छ । 

बुधबार सीआईबीमा बोलाएर बिहानैदेखि बयान लिएर कागज गरेको प्रवक्ता होबिन्द्र बोगटीको भनाइ छ ।

उनले भने, ‘लामो बयान लिएका छौँ । उहाँले सहज रूपमा बयान दिनुभएको छ ।’ 

सीआईबीमा मितेरी अध्यक्ष कुम्भराज गुरुङले १२ करोड २० लाख रुपैयाँ ज्योति गुरुङले महाप्रबन्धकको जिम्मेवारीमा हुँदा हिनामिना गरेको उजुरी गरेका थिए । अहिलेसम्म त्यसको सावाँ ब्याज हिसाब गर्दा १४ करोड ८१ लाख ७२ हजार रुपैयाँ पुगेको भन्दै कुम्भराज गुरुङले सीआईबीमा कागजात पनि बुझाएका छन् । 

सहकारी प्रकरणमा धनराजबारे निरन्तर अनुसन्धान, अहिलेसम्म प्रमाण भेटिएन

सीआईबी प्रवक्ता बोगटीले खबरहबसँग भने, ‘हामीले कुम्भराज जी ले बुझाउनुभएको प्रमाण, सहकारीका कागज, संसदीय समितिले तयार पारेको प्रतिवेदन र अन्य सबुतलाई केलाएर आज दिनभर बयान लिएर कागज गरेका छौँ’ 

धनराजको संम्लगनता देखियो त ? भन्ने प्रश्नमा बोगटीले भने, ‘बयान लिइएको छ, अन्य कुराहरू हामी अनुसन्धानमै छौँ ।’ 

पूर्वपत्नी ज्योति गुरुङले रकम अपचलन गरेको खुलेपछि धनराजको पनि संलग्नता भएको आरोप छ । यस्तै धनराज र श्रीमती मिलेर सहकारीको रकम हिनामिना गरेपछि काजजी डिभोर्स गरेको मितेरी सहकारी सञ्चालक तथा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले लगाइरहेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : ४४ बजे

‘नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ’ 

वीरगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको

महिनावारीबारे खुल्दै किशोरी, सङ्कोच मान्ने चलन हराउँदै

काठमाडौं- किशोरावस्थामा पुगेपछि महिलाहरुमा महिनावारी चक्र सुरु हुनु भनेको प्राकृतिक

जिल्ला प्रशासनमा जेन-जी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र

काठमाडौं– गृह मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५

मुस्ताङको थासाङमा भालुको जोखिम

मुस्ताङ– थासाङ गाउँपालिका-५ स्थित कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउरालीलगायतका स्थानमा

जर्मनीको औद्योगिक उत्पादनमा अप्रत्याशित वृद्धि, अर्थतन्त्रमा सकारात्मक संकेत

एजेन्सी– जर्मनीको औद्योगिक उत्पादन अक्टोबरमा अप्रत्याशित रूपमा बढेको छ ।