‘माओवादीहरू सिंहजस्तै थियौँ, भेडाको भिडमा पसेर भ्या-भ्या गर्ने भयौँ, अब सुध्रिन्छौँ’ « Khabarhub

‘माओवादीहरू सिंहजस्तै थियौँ, भेडाको भिडमा पसेर भ्या-भ्या गर्ने भयौँ, अब सुध्रिन्छौँ’


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले तेस्रो प्रधानमन्त्रीत्व कार्यकाललाई १८ महिनासम्म टिकाउन सकेकोमा खुसी व्यक्त गरेका छन् ।

बुधबार ‘प्रचण्डपथः सडक कि सत्ता’ विषयक कान्तिपुर कन्क्लेभलाई सम्बोधनका क्रममा प्रचण्डले धेरै दिन टिक्लाजस्तो नलागे पनि आफू नेतृत्वको सरकार १८ महिना टिकेर सफल भएको बताए ।

‘मैले राम्रो काम गर्न सक्छौँ या सक्दैनौँ भनेर काम सुरु गरेको थिएँ । तर १८ महिनामा केही राम्रो काम गरेँ । मैले प्रधानमन्त्रीको शपथ लिँदा मलाई यस पटक चुनौती र अवर दुवै रहेको ठानेको थिएँ । म राम्रो गर्ने प्रयास गर्छु, नराम्रो गर्दिनँ भनेँ । सरकार कति दिन टिक्छ थाहा थिएन । एक दुई महिनामै जानसक्नेतर्फ पनि सचेत नै थिएँ । मेरो त ३२ सिट मात्रै थियो नि’, उनले भने, ‘जादु भने पनि म्याजिक भने पनि रियालिटी त्यही हो । त्यसकारण धेरै टिक्लाजस्तो लाग्दैन थियो । एक महिना भए पनि राम्रो गरेर छोड्छु, दुई महिना भए पनि राम्रो गरेर छोड्छु भनेकJ थिएँ । १८ महिना टिक्नु ठूलो कुरा भयो । त्यो १८ महिना मूलभूत रुपमा सफल भयो ।’

प्रचण्डले त्यस क्रममा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेका नेता र प्रधानमन्त्री जहाँ जाँदा पनि विरोध र कालो झण्डा भेटिरहेको पनि बताए ।

तर आफूले भने जहाँ जाँदा पनि जनताको माया र सम्मान पाइरहेको दाबी गरे । प्रचण्डले साँच्चिकै परिवर्तन चाहेको थियो भन्ने जनताले बुझेको जिकिर उनले गरे ।

‘अहिले तपाईंले हेर्नुभयो भने दुईतिहाइवाला साथीहरू जनताबीचमा जाँदा कालो झण्डा र नाराबाजी भएको छ । म बाढीपहिरो पीडित जनतामाझ गएँ । त्यहाँ जनताको ठूलो माया र सम्मान पाएँ । जनताले अहिले प्रचण्ड सच्याउन खोजेकै हो भन्ने बुझेका छन्,’ दाहालले भने ।

प्रचण्डले विगतमा केही हदसम्म माओवादीहरू बिग्रिएको स्वीकार गरे । उनले भेडा र सिंहको कथा सुनाउँदै आफूहरू पनि भेडाको हुलमा हिँड्दा त्यस्तै बन्न लागेको बताए ।

अब माओवादीहरू सँच्चिने र भेडाहरूको भीडमा नमिसिने उनले बताए । दाहालले भने, ‘हामी माओवादीहरू त्यस्तै (सिंहजस्तै) थियौँ । भेडासँग हिँदाहिँड्दा अलिअलि भ्याभ्या गर्न थालियो । अब नगर्ने विचार छ मेरो,’

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : ०१ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने