सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी « Khabarhub

सरकार चुनौतीलाई अवसरमा बदल्न दृढ छ : मन्त्री भण्डारी


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार समाजका व्याप्त चुनौतीलाई अवसरमा बदल्न दृढ संकल्पित रहेको बताएका छन् । उनले लगानीमैत्री वातावरण बनाउन र मुलुकको आर्थिक विकासका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्नेसमेत बताए। 

रूपन्देही व्यापार सङ्घको रजतजयन्ती मूल समारोहमा मन्त्री भण्डारीले वर्तमान सरकार संविधान संशोधनमार्फत नीतिगत रूपमै सुधारका लागि साझा मुद्दा बनाइएको बताए। उनले शासन प्रणाली, संरचनागत क्षेत्रमा रहेका कमजोरीलाई सुधारका लागि फरक आस्था र प्रमुख प्रतिस्पर्धी पार्टीबीच गठबन्धन बनेको बताए।  

सरकारले निजी क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीति परिवर्तन गर्ने प्रयासमा रहेको बताउँदै मन्त्री भण्डारीले उत्पादनका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरे। उनले निराशाका विषय मात्रै ल्याएर सबै बिग्रियो भन्ने सन्देशले होइन निरासालाई चिरेर आशा र अपेक्षा जगाउनेगरी सकारात्मक सन्देश दिने काममा लाग्न जरुरी रहेको बताए।

मन्त्री भण्डारीले सरकारले लगानीको प्राथमिकता जोड दिएको तर लगानीका क्षेत्र र सम्भावना प्रशस्त हुँदाहुँदै पनि हुँदाहुँदै पनि बैँकमा पुँजी थुप्रिएर रहेकामा चिन्ता व्यक्त गरे। उनले पुँजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न र स्वदेशी उत्पादनमा जोड दिए।  

सरकारले सामान्य ऐन संशोधन गरेपछि भैरहवाको विशेष औद्योगिक क्षेत्र सेजमा उद्योगीको आकर्षण बढ्दै गएको बताउँदै मन्त्री भण्डारीले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रसहित सरकारले घोषणा गरेका औद्योगिक क्षेत्रको सञ्चालनको काम अघि बढ्ने विश्वास दिलाए।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशको विकासमा निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताए। उनले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्यसहित अघि बढ्नेसमेत बताए।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : २० बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन