‘इन्कारी बयान’ दिएका रविलाई दोस्रो दिन सोधियो ५० प्रश्न « Khabarhub

‘इन्कारी बयान’ दिएका रविलाई दोस्रो दिन सोधियो ५० प्रश्न


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा ९ घण्टा लामो बयान दिएका छन् ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको अभियोग लागेका पूर्वगृहमन्त्री लामिछानेसँग बुधबार ९ घण्टा लामो बयान लिइएको हो ।

त्यसक्रममा उनलाई प्रहरी अधिकारीकोसमेत उपस्थितिमा ५० वटा प्रश्न सोधिएको छ। तर पहिलो दिन जस्तै रविले आफूलाई लगाइएका आरोपहरूमा इन्कारी बयान दिएका छन् । उनले सबै आरोप अस्वीकार गर्दै अरु कसैले आफ्नो नाममा चेक काटेको र खातामा पैसा हालिदिएको विषयमा आफू जिम्मेवार नहुने बताएका थिए ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई कास्कीबाट मंगलबार रुपन्देहीको भैरहवा लगिएको थियो । जहाँ पहिलो दिनको बयानमा पनि उनले आरोप अस्वीकार गरेका थिए ।

लामिछानेलाई दोस्रो दिन पनि भैरहवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जानकारी दिएका छन् ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरू लगायतको उपस्थितिमा उनको बयान गरिएको हो ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिलसमक्ष बयान लिन अनुसन्धान अधिकारीले उपस्थित गराएको बताए ।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकमसमेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

जिल्ला अदालत रुपन्देहीले रवि र उनका साझेदार पूर्वडीआईजी छविलाल जोशीसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेट्वर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रविकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ७ : ५८ बजे

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको

यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले यात्रु

परराष्ट्रमन्त्रीको जवाफ- मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै सम्झौता भएको छैन

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल, डिजिटल अपराध अनुसन्धानलाई समेट्न सुझाव

काठमाडौं- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘राष्ट्रिय विधि विज्ञान