रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाघसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ | Khabarhub Khabarhub

रवि लक्षित योगेशको कटाक्ष : मान्छेलाई बाघसँग तुलना गरेर ईकोसिस्टम नबिगारौँ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताएका छन् ।

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदै भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू सिंह हुँ भन्ने ठानेपछि बिग्रिने बताएका छन् । ‘जब मानिसले आफूलाई सिंह ठान्छ तब कुरा बिग्रन्छ’, सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

मानिसले आफ्नो मौलिक चरित्र गुमाए पछि दम्भी र घमण्डी हुने भट्टराईको दाबी छ । ‘उसले मानिसको मौलिक चरित्र गुमाउँछ अनि, ऊ दम्भी र घमण्डी बन्छ, हिंस्रक बन्छ, कमजोरमाथि जाइलाग्छ, नियम कानुन मान्दैन, अरूको अस्तित्व अस्वीकार गर्छ’, उनले उल्लेख गरेका छन् ।

सिंहको चरित्र लोकतन्त्रले नस्विकार्ने उनले उल्लेख गरेका छन् । ‘लोकतन्त्रले यो चरित्रलाई अस्वीकार गर्छ, त्यसैले मान्छेलाई अझ राम्रो मान्छे बनाऊ, सिंहलाई सिंह कै रूपमा रहन दिऊँ, इकोसिस्टम नबिगारौँ’, उनले लेखेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ८ : ४० बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले