महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्ण : प्रचण्ड | Khabarhub Khabarhub

महिला क्रिकेट खेलाडीले प्राप्त गरेको सफलता गौरवपूर्ण : प्रचण्ड


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले पछिल्लो समय महिला खेलाडीले खेलकुदका विभिन्न विधामा गरेको प्रतिस्पर्धा तथा प्राप्त सफलता नेपाल र नेपालीका लागि गौरवपूर्ण रहेको बताएका छन् ।

अध्यक्ष दाहालले खेल क्षेत्रको सफलताको इतिहासमा आज फेरि एक आयाम थपिँदै इतिहास कोर्न सफल भएको उल्लेख गरेका छन् ।

आज साँझ युएईलाई पराजित गर्दै आइसिसी महिला यु–१९ टी–२० विश्वकपका लागि नेपाल छनोट भएपछि अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सफलताको इतिहासमा आज फेरि एक आयाम थपिएको छ । पहिलोपटक आइसिसी यु–१९ महिला क्रिकेट टोली विश्वकपमा छनोट भएर देशको गौरव बढाएको छ ।”

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसिसी यु–१९ महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

युएईको अजमानस्थित द सेभेन स्टेडियममा आज टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले ८४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ९ : ३२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका