पाकिस्तानमा पोलियोका बिरामी बढ्दै « Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा पोलियो रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । त्यहाँ हालसम्म ४८ जनामा पोलियो रागेको संक्रमण देखिएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार हालैमात्र खैबर पख्तुनख्वा र सिन्ध प्रान्तमा एक एक जनामा यो रोग देखा परेको छ । खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खाँ जिल्लामा एक जना र सिन्धको घोटकी जिल्लामा अर्का एक जनामा यो रोग देखा परेको छ ।

डनका अनुसार यस वर्ष पहिलो पटक घोटकी जिल्लामा पोलियोको रोगी फेला परेका हुन् । उता डेरा इस्माइल खाँ जिल्लामा भने यो वर्ष तीन जनामा पोलियो देखा परिसकेको छ ।

हालैमात्र उक्त जिल्लामा २८ महिने बालकमा यो रोग देखा परेको डनले जनाएको छ । यस वर्ष पाकिस्तानको बलोचिस्तानमा २३ जनामा, सिन्धमा १३, खैबर पख्तुनख्वामा १० र पञ्जाब र इस्लामावादमा समान एक जनामा पोलियो रोग देखा परेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ११ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल