भारतीय ग्रान्डमास्टर १८ वर्षीय गुकेस बने कीर्तिमानी विश्व चेस च्याम्पियन « Khabarhub

भारतीय ग्रान्डमास्टर १८ वर्षीय गुकेस बने कीर्तिमानी विश्व चेस च्याम्पियन


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनका डिङ लिरेनलाई हराउँदै भारतका गुकेस डोमाराजु अहिलेसम्मकै कान्छा विश्व चेस च्याम्पियन भएका छन्। १८ वर्षीय गुकेस यस अघिका कीर्तिमान धारी गेरी कास्पारोभ भन्दा चार वर्ष कम समयको अन्तरमा विश्व चेस च्याम्पियन भएका हुन्। चेन्नाइका सुपर स्टार उनी १२ वर्षको उमेरमा ग्रान्ड मास्टर विश्व चेसमा उदाएका थिए।

सिंगापुरमा यस वर्ष भएको च्याम्पियनसिपमा च्यालेन्जरको रूपमा सहभागिात जनाउन सफल भएपछि उनी विश्व समुदायमा धेरैको ध्यान खिच्न सफल भएका थिए। उपाधि जोगाउन खोजिरहेका लिरेन सुरुमा बलियो रहे पनि अन्तिम समयमा गल्ती गर्न पुगेका थिए। १४ खेलको शृङ्खलाका अन्तिम खेलमा जित सहित ७.५–६.५ले गुकेस उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हुन्।

विश्व च्याम्पियन हुनुका साथै गुकेस विश्व वरियता क्रममा पाँचौँ स्थानमा छन्। साथै भारतीयमा दोस्रो स्थानमा छन्। भारतीय चेसमा प्रभाव जमाएको चेन्नाइका बासिन्दा गुकेसको परिवारमा अन्य कोही चेस खेलाडी छैनन्। उनमा बाबु सर्जन हुन् भने आमा चिकित्सा शास्त्रकी प्राध्यापक हुन्। उनलाई विद्यालय शिक्षापछि मात्र चेस स्कुलमा भर्ना गरिएको हो।

सन् २०१९ मा १२ वर्ष ७ महिनाको उमेरमा उनी ग्रान्डमास्टर भएका थिए। योगका कारण उनी चेसमा धेरै सहयोग भएको बताउँछन्। सन् २०२३ मा चीनका पहिलो चेस व्रिश्व च्याम्पियन बनेका लिरेन लामो समय चेसबाट हराएका थिए। यस बिचमा उनी मानसिक समस्या तथा डिप्रेसनको सिकार भएको समेत जनाइन्छ।

शृङ्खलाको पहिलो खेलमा लिरेनले जित हात पारे पनि १२ औं खेलमा गुकेसले सफलता पाएका थिए। १४ औं खेल पनि बराबरीमा सकिएर उपाधिको निर्णय टाइब्रेकबाट हुने अनुमान कमेन्टेटरले गरेका थिए। ५५ औं चालमा ‘ब्लन्डर ’ गरेका लिरेन ३ चालपछि हार स्वीकार गर्न पुगे। गुकेसले त्यस भन्दा अघिसम्म आफूले जित्ने अनुमान नगरेको बताए।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : ३० बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु